‘फूलको थुँगा’मा रोमान्टिक अनमोल र सुहाना « Khabarhub

‘फूलको थुँगा’मा रोमान्टिक अनमोल र सुहाना


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी नयाँवर्षको अवसर पारेर वैशाख १ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘ए मेरो हजुर ४’को शीर्ष गीत ‘फूलको थुँगा हौ कि’ सार्वजनिक भएको छ । अभिनेत्री झरना थापा निर्देशित फिल्मको गीतमा सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर, रवि मल्लको शब्द र कल्याण सिंहको संगीत छ ।

शे–फोक्सुन्डोमा खिचिएको गीतको भिडियोमा अनमोल केसी र सुहाना थापा फिचर्ड छन् । गीतमा यो जोडीलाई निकै रोमान्टिक मुडमा देख्न सकिन्छ ।

सुनीलकुमार थापा निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन, मित्र डि. गुरुङको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र हिमाल केसीको द्वन्द्व छ । फिल्मको कथा झरना थापा र स्वर्गीय छेतन गुरुङले लेखेका हुन् । पटकथा र संवादमा उनीहरुलाई मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ११ : ४० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको