यूएईसँग नेपाल पराजित « Khabarhub

यूएईसँग नेपाल पराजित


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चार देशीय ट्वान्टी २० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग २५ रनले पराजित भएको छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा १९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४१ रन बनाए । दीपेन्द्रले पभेलियन फर्किनुअघि ३३ बलमा पाँच चौका प्रहार गरे । यसैगरि ओपनर आशिफ शेखले २९ बलमा चार चौका र एक छक्कासहित ३४ रन बनाए । पहिलो विकेटका लागि आशिफले ज्ञानेन्द्रसँग ६ ओभरमा ५३ रनको साझेदारी गर्दै सुरुवातलाई राम्रो बनाए पनि नेपालले त्यही लयलाई अन्तिमसम्म निरन्तरता दिन सकेन् ।

ज्ञानेन्द्रले १९ बलमा दुई चौका र एक छक्कासहित २२ रन बनाए । यसबाहेक, राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका लोकेश बम ३३ रन बनाई आउट हुँदा सरद भेषावकर १० रनमा अविजित रहे । लोकेशले २१ बलमा समान दुई चौका र छक्का प्रहार गरे । युएईका कासिफ दाउद र रोहन मुस्तफाले दुई विकेट लिँदा जुनैद सिद्दिकले एक विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङमा आएको युएईले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर एक सय ९२ रनको योगफल खडा गरेको थियो । युएईका ओपनर सुरीले अविजित सर्वाधिक ८४ रन बनाए । सुरीले ५३ बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे । यस्तै, तेस्रो नम्बरमा ब्याटिङका लागि आएका रोहन मुस्तफाले ३५ बलमा पाँच चौका र तीन छक्कासहित ४९ रन बनाए । सुरी र मुस्तफाले तेस्रो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए ।

यसबाहेक युएईका मुहम्मद वसिमले २२, र वसिल हमेदले १७ रन र मोहम्मद बुटाले १४ जोडे । नेपालका कप्तान सन्दीप लामिछाने, साहब आलम र आरिफ शेखले समान एक विकेट लिए ।

यसअघि नेपालले शृंखलाको पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो । शृंखलामा युएईको भने यो पहिलो खेल हो ।

नेपालले शृंखलाको अन्तिम खेलमा सोमबार आयरल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ । शृंखलाअन्तर्गत शनिबारै हुने अर्को खेलमा ओमानले आयरल्यान्डको सामान गर्दैछ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ३ : ५३ बजे

सभामुखकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – सभामखु डिपी अर्यालकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक

पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

चितवन– पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको

काठमाडौँमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन

आजको प्रतिनिधिसभा बैठक स्थगित : बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सारिएको छ। सङ्घीय संसद सचिवालयका अनुसार

भदौ २३ र २४ मा आन्दोलन हुने खबर भ्रामक छ: रक्षा बम

काठमाडौँ – आगामी भदौ २३ र २४ गते सरकारविरुद्ध पुनः