बढ्दो आतङ्कवादी आक्रमणका कारण पाकिस्तानी सरकार अप्ठ्यारोमा « Khabarhub

बढ्दो आतङ्कवादी आक्रमणका कारण पाकिस्तानी सरकार अप्ठ्यारोमा


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको बलुचिस्तान प्रान्तमा सुरक्षा अवस्था अझ खराब हुँदै जाँदा विश्लेषकहरूले शहरी क्षेत्रमा पाकिस्तानी तालिबानको हिंसा मुख्य चुनौति रहेको औँल्याएका छन् ।

केही दिनअघिमात्रै बलोचिस्तानको क्वेट्टा शहरमा भएको विष्फोटमा तीन जनाको मृत्यु भएको थियो भने अरु २४ जना घाइते भएका थिए । विष्फोटको अनुसन्धान गरिरहेको स्थानीय प्रहरीले उक्त घटनामा अढाई किलोग्राम विस्फोटकको प्रयोग भएको जनाएको पाकिस्तानको डन समाचारपत्रले जनाएको छ ।

विज्ञहरूले पछिल्लो आतङ्कवादी आक्रमणहरुले पाकिस्तान सरकारलाई अप्ठ्यारोमा पारेको टिप्पणी गरेका छन् । ‘तालिबानलाई सहयोग गरेको र अमेरिकी सैनिक फिर्तीसँगै अफगानिस्तानमा सरकार परिवर्तन भएको अवस्थामा पाकिस्तानको झगडा सार्वजनिक भयो भने यसले अन्तर्राष्ट्रिय स्तरमै पाकिस्तानको बेइज्जत हुनेछ ।’ युरोपियन टाइम्सले लेखेको छ ।

इस्लामावादमा रहेको पाक इन्स्टिच्युट अफ पिस स्टडिजका अनुसार लडाकु समूहलाई नियन्त्रण गर्ने पाकिस्तानको प्रयासलाई अफगानिस्तानको नयाँ सत्ताले कुनै पनि किसिमबाट सहयोग गरिरहेको छैन ।

आफैँले तालिबानको सत्तालाई मान्यता नदिएको तर अरु मुलुकहरूलाई भने यसो गर्न आग्रह गर्दै आएको पाकिस्तानको दोधारे चरित्र स्पष्ट भएको विश्लेषकहरू बताउँछन् ।

केही समयअघिमात्रै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा तालिबानको विकल्प नभएको बताएका थिए । ‘४ करोड अफगानको भविष्य र कल्याणका लागि विश्वले ढिलो चाँडो तालिबन सरकारलाई मान्यता दिनुपर्छ ।’ सीएनएनका फरिद जकारियासँगको अन्तरवार्तामा खानले भनेका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ६ : ५८ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व