चीनसँग भएको बीआरआई सम्झौता सार्वजनिक गर्न माग गर्दै प्रदर्शन « Khabarhub

चीनसँग भएको बीआरआई सम्झौता सार्वजनिक गर्न माग गर्दै प्रदर्शन


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– चीन सरकारसँग भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता सार्वजनिक गर्न माग गर्दै प्रदर्शन भएको छ ।

शनिबार बाराको कलैयामा राष्ट्रिय एकता अभियानसम्बद्ध राष्ट्रिय विद्यार्थी परिषदले बीआरआई सम्झौता सार्वजनिक गर्नुपर्ने भन्दै प्रदर्शन गरेको हो । त्यसक्रममा परिषद्का विद्यार्थीहरूले चिनियाँ राष्ट्रपति सि जिनपिङको फोटो पनि जलाएका छन् ।

सन् २०१७ मा तत्कालीन नेकपा सरकारले ब्याजदरमा चीनसँग ऋण सम्झौता गरेको र यसको दस्तावेज गोप्य राखिएको दाबी गर्दै सार्वजनिक गर्न परिषदका केन्द्रीय संयोजक विवेक कुशवाहाले माग गरेका छन् ।

उनले भने ‘तत्कालीन कम्युनिष्ट सरकारले चीनसँग गरेको गोप्य समझौताको आधिकारिक कागजात सम्पूर्ण जनतालाई अध्ययनका लागि तुरन्त उपलब्ध गराऊ ।’

श्रीलंकाकै अवस्थामा नेपाललाई पुर्‍याउने गरी बीआरआईमा कम्युनिस्टहरूले राष्ट्रघात उनीहरूको आरोप छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ८ : ०४ बजे

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा