आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिताको उपाधि फुयाललाई « Khabarhub

आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिताको उपाधि फुयाललाई


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दोस्रो आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगितामा रविन फुयाल विजयी भएका छन् ।  

यती समूहका संस्थापक वरिष्ठ पर्यटन व्यवसायी स्वर्गीय आङछिरिङ शेर्पाको तेस्रो स्मृति दिवसका अवसरमा यती एयरलाइन्सलाई आयोजना गरिएको दोस्रो आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगितामा फुयाल विजयी भएका हुन् ।  

गोकर्ण फरेस्ट रिसोर्टमा शुक्रबार र शनिबार भएको प्रतियोगितामा फुयालले ४३ स्टेबलफोर्ड प्वाइन्ट ल्याएर विजयी भएको  यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए  । फुयालले उपाधिसँगै एल्टिच्यूड एयरको हेलिकप्टर राइड, माउन्टेन फ्लाइट र सोलुखुम्बुमा चारजनाको लागि ब्रेकफास्ट गर्ने अवसर पाएका छन्  ।

प्रतियोगिताको उपविजेता निष्कर्षबहादुर घले भएका छन्  । उनले उपाधि ४२ प्वाइन्ट ल्याएर उपविजेता बनेका हुन् ।  उपविजेता बनेसँगै घलेले दुई रात तीन दिन चितवनस्थित कसरा जगंल रिसोर्टमा बस्ने र जाने आउने हवाई सुविधा प्राप्त गरेका छन् । उनलाई हवाई टिकटको व्यवस्था भने गुण एयरलाइन्सले गर्ने छ  ।

विभिन्न ११ विधामा भएको गल्फ प्रतियोगितामा मिथुन राई, गीता गुरुङ, प्रतिभा राई, दिलिप रायमाझी, सटिना टण्डन, महेश विक्रम कार्की, चार्ली गुरुङ र झलेन्द्र भट्टराई लगायत विजयी भएको प्रवक्ता बर्तौलाले बताए ।

दुई दिनसम्म चलेको उक्त प्रतियोगितामा १५२ खेलाडीको सहभागिता थियो । प्रतियोगितामा विजयी खेलाडीलाई यती एयरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पा, प्रबन्ध निर्देशक चन्दा शेर्पा, प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल र गोकर्ण गल्फ क्लबका अध्यक्ष सुह्रद घिमिरे, क्याप्टेन जोसेफ नाथन, प्रख्यात आँखा रोग विशेषज्ञ सन्दुक रूइत र हिमालय एयरलाइन्सका प्रमुख शु एन होङले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा उठेको रकम यती एयरलाइन्सकी प्रबन्ध निर्देशक शेर्पाले  महिला अधिकारको लागि कार्यरत संस्थाहरू वुमेन फर ह्युमन राइट्स र सी नेपाललाई हस्तान्तरण गरेका थिए । प्रतियोगितामा रु तीन लाख चार हजार सकंलन भएको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ९ : ५० बजे

भोटेकोशीले पढाएको पाठ : नेपाल-चीन-भारत भौगर्भिक सहकार्य

काठमाडौं– सन् २०२६ अगस्ट २६ मा नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा

बाढी प्रभावितलाई खाना खुवाउँदै दुर्गेश

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापा रसुवा बाढी प्रभावितहरूलाई

सरकारले समन्यव नगर्दा राहत र उद्धारमा समस्या : बाढीको चार दिनपछि रविले थाले स्थानीय तहसँग संवाद

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढीको चार

त्रिशूली थ्री ‘ए’को सुरुङको मुखसम्म उद्धार टोली : बोलाउँदा भित्रबाट कसैको आवाज आएन

काठमाडौं- माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरूङभित्र फसेका मजदुर

बाढीपछि थुनिएकाहरूको उद्धारमा प्रगति : त्रिशूली–३ ‘ए’ को सुरुङ भेटियो

काठमाडौं– रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत्