आईपीएलमा नवप्रवेशी गुजरात हैदरावादसँग पराजित « Khabarhub

आईपीएलमा नवप्रवेशी गुजरात हैदरावादसँग पराजित


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा नवप्रवेशी गुजरात टाइटन्सले पहिलो हार व्यहोरेको छ ।

सोमवार राति मुम्बईमा भएको खेलमा सनराइजर्स हैदरावादले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको गुजरातले सात विकेट गुमाएर १६२ रन बनाएको थियो। १ सय ६३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर १ बलमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । उसको जितमा कप्तान केन विलियम्सनले ५७ रनको अर्धशतकीय इनिङ खेले । अभिषेक शर्माले ४२ रनको योगदान गरे ।

गुजरातका हार्दिक पाण्डयाले ४२ बलमा अविजित ५० रन बनाए। अभिनव मनोहरले २१ बलमा ३५ रन बनाउँदा हैदरावादका भुवनेश्वर कुमार र टी नटराजनले २–२ विकेट लिए।

विलियम्सनले ४६ बलमा दुई चौका र चार छक्का प्रहार गर्दै ५७ रन बनाए। हैदरावादका लागि निकोलस पूरनले १८ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै अविजित ३४ रन बनाएर टोलीको जित सुनिश्चित गरे।

अहिलेसम्म दुवै टोलीले चार–चार खेल खेलिसकेका छन्। गुजरातले चार खेलमा तीन खेल जितेको छ भने एक खेलमा हार व्यहोरेको छ। जहाँ हैदरावादले दुई खेलमा हार र दुई खेलमा जित निकाल्न सफल भएको छ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ७ : १२ बजे

सरकारले भन्यो- जथाभाबी हेलिकप्टर नउडाउनू

काठमाडौं– सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा जथाभाबी हेलिकप्टर नकुदाउन निर्देशन

भोटेकोशी बाढी : खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट

बाढी प्रभावितको उद्धारका लागि सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावितहरुको यथाशीघ्र उद्धारका लागि राज्यको

राहत, उद्धार र पुनःस्थापनामा साझा संयनत्र बनाउन रास्वपा सभापति लामिछानेको प्रस्ताव

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

हुम्ला– हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १० जना व्यक्ति सम्पर्कविहीन