आईपीएलमा नवप्रवेशी गुजरात हैदरावादसँग पराजित « Khabarhub

आईपीएलमा नवप्रवेशी गुजरात हैदरावादसँग पराजित


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा नवप्रवेशी गुजरात टाइटन्सले पहिलो हार व्यहोरेको छ ।

सोमवार राति मुम्बईमा भएको खेलमा सनराइजर्स हैदरावादले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको गुजरातले सात विकेट गुमाएर १६२ रन बनाएको थियो। १ सय ६३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर १ बलमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । उसको जितमा कप्तान केन विलियम्सनले ५७ रनको अर्धशतकीय इनिङ खेले । अभिषेक शर्माले ४२ रनको योगदान गरे ।

गुजरातका हार्दिक पाण्डयाले ४२ बलमा अविजित ५० रन बनाए। अभिनव मनोहरले २१ बलमा ३५ रन बनाउँदा हैदरावादका भुवनेश्वर कुमार र टी नटराजनले २–२ विकेट लिए।

विलियम्सनले ४६ बलमा दुई चौका र चार छक्का प्रहार गर्दै ५७ रन बनाए। हैदरावादका लागि निकोलस पूरनले १८ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै अविजित ३४ रन बनाएर टोलीको जित सुनिश्चित गरे।

अहिलेसम्म दुवै टोलीले चार–चार खेल खेलिसकेका छन्। गुजरातले चार खेलमा तीन खेल जितेको छ भने एक खेलमा हार व्यहोरेको छ। जहाँ हैदरावादले दुई खेलमा हार र दुई खेलमा जित निकाल्न सफल भएको छ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ७ : १२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र