स्थानीय तह निर्वाचन : लमजुङमा ९ सय ८७ म्यादी प्रहरी छनोट « Khabarhub

स्थानीय तह निर्वाचन : लमजुङमा ९ सय ८७ म्यादी प्रहरी छनोट


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – आगामी स्थानीय तह निर्वाचनका लागि लमजुङमा १ हजार ७४ जना म्यादी प्रहरी छनोट भएका छन् । म्यादी प्रहरीमा आवेदन दिएकामध्ये लमजुङका लागि ९ सय ८७ र हिमाली जिल्ला मनाङका लागि ८७ जना छनोट भएका हुन्। जिल्लामा म्यादी प्रहरीका लागि निर्धारित समयसीमाभित्र २ हजार ६ सय ३४ जनाले आवेदन दिएका थिए । सोमध्ये ३ सय ९६ जना महिला छन् ।

म्यादी प्रहरीका लागि लमजुङमा जिल्ला प्रहरी कार्यालय बेंसीशहर, इलाका प्रहरी भोर्लेटार र इलाका प्रहरी कार्यालय भोटेओडारबाट आवेदन लिएको थियो । स्थानीय तह निर्वाचनका लागि जिल्लामा ९ सय ८७ को संख्यामा नै म्यादी प्रहरी आवश्यक पर्ने र सोही संख्यामा छनोट गरिएका जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

हिमाली जिल्लामा मनाङमा भने आवश्यता भन्दा कम संख्यामा आवेदन परेपछि लमजुङबाटै केही संख्यामा छनोट गरिएको हो । म्यादी प्रहरी भर्ना चरणअन्तर्गत गत आइतबार शारीरिक परीक्षण सकिएको थियो । त्यसपछि लिखित परीक्षामा उत्तीर्ण भएकाको नाम सार्वजनिक भएको हो । म्यादी प्रहरीका लागि १८ देखि ५२ वर्ष सम्मका व्यक्तिहरुले आवेदन दिएका थिए ।

आवेदन दिएकामध्ये शारीरिक तन्दुरुस्तीसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) बाट उपदान–निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्व वनरक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाश–उपदानमा निस्किएका, यसअघि म्यादीमा काम गरेका र ०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णलाई प्राथमिकतामा राखेर छनाट गरिएको प्रहरीले जनाएको छ । सरकारले निर्वाचन लक्षित ४० दिनका लागि म्यादी प्रहरी भर्ना गरेको हो ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ८ : १५ बजे

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, तोलाको तीन लाख नाघ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ

हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान

खजुरा– जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन