चन्द्रपुरको मेयरमा कांग्रेसबाट १२ जनाको दाबी, उपमेयरमा ७ जना आकांक्षी « Khabarhub

चन्द्रपुरको मेयरमा कांग्रेसबाट १२ जनाको दाबी, उपमेयरमा ७ जना आकांक्षी


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट – स्थानीय तह निर्वाचनका लागि रौतहटको चन्द्रपुर नगरपालिकाका भावी मेयर र उपमेयर पदका लागि नेपाली कांग्रेसबाट दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् ।

चन्द्रपुरमा बसेको कांग्रेस नगर कमिटी बैठकमा मेयरका लागि १२ जनाले र उपमेयरका लागि ७ जनाले उम्मेदवारी दर्ता गरेर चन्द्रपुर नगरपालिकाको भावी नेतृत्वमा दाबी गरेका हुन् ।

स्थानीय कांग्रेस नेता नेता सुमन गौतमका अनुसार मुकेश गिरी, सूर्यबहादुर थापा, अधिकलाल चौधरी, जितेन्द्र चौधरी, अजयकुमार साह, सपुतबहादुर कार्की, केदार थापा, अनन्त कोइराला, रामचन्द्र चौधरी, रमेशहरि भट्टराई, सञ्जय काफ्ले, तारा सापकोटाले मेयरका लागि कांग्रेसको आन्तरिक कमिटीमा उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी, उपमेयरका लागि लक्ष्मी बराल, गीता भारती, सीता गौतम, जयमाला चौधरी, सरस्वती गिरी र तुलसा कोइरालाले उम्मेदवारी दर्ता गराएको गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ११ : १४ बजे

राष्ट्रियसभामा तीन अध्यादेश पेस

काठमाडौं– राष्ट्रियसभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश

यी पाँच मापदण्ड तय गर्दै गगनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्‍यो कांग्रेसले

नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको

संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

भक्तपुर– भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृह बस्ने नमिल्ने गरी ध्वस्त

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६