कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी समस्या छिट्टै समाधान हुन्छ : अध्यक्ष सिलवाल « Khabarhub

कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी समस्या छिट्टै समाधान हुन्छ : अध्यक्ष सिलवाल


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

ललितपुरको कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा आज आयोजित नव वर्ष २०७९ को शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष सिलवालले अर्थमन्त्री कोरोना बीमाको समस्या समाधान गर्न प्रतिवद्ध रहेको उल्लेख गर्दै एकमुष्ठ रुपमा नै समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

अध्यक्ष सिलवालले कोरोना बीमाको दाबी भुक्तानीका सम्बन्धमा अर्थमन्त्री र अर्थ मन्त्रालयका सचिव लगायत पदाधिकारीहरुसँग निरन्तर छलफल गर्नुका साथै बीमा समितिबाट विकल्प सहितको प्रस्ताव पठाइएको उल्लेख गरे ।

अध्यक्ष सिलवालले चालू आर्थिक वर्षमा बीमा दाबी फछ्र्यौट उल्लेखनीय रुपले बढेको र बीमा दाबी भुक्तानीका सम्बन्धमा बीमा समितिमा परेका उजूरीमाथि छानविन गरी शीघ्र किनारा लगाउने काम भइरहेको बताए ।

अध्यक्ष सिलवालले चालू आर्थिक वर्षको पहिलो आठ महिनामा नै बीमाको दायरा विस्तार सरकारले चालू आर्थिक वर्षका लागि लिएको ३३.३३ प्रतिशतको लक्ष्य भन्दा पनि बढेर ३५ प्रतिशत नाघेको जानकारी दिए ।

गत आर्थिक वर्षको फागुन मसान्तसम्म २६.३० प्रतिशत रहेको बीमाको पहुँच चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा बढेर ३५.४४ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको र यो अझै बढ्दै जाने बताए ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा समितिले समग्र बीमा क्षेत्रमा सुशासन कायम गर्नका लागि जोड दिँदै आएको बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ५ : ०६ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त