झरना लेख्छिन्,’हामीलाई परेको समस्या तपाईंलाई पनि पर्छ’ « Khabarhub

झरना लेख्छिन्,’हामीलाई परेको समस्या तपाईंलाई पनि पर्छ’


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री तथा निर्देशक झरना थापाले आफू तोकिएको डेटबाट पछि नहट्ने बताएकी छिन् ।

उनको प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ए मेरो हजुर ४’ ले विदेशी फिल्मको तुलनामा कम शो पाएको चर्चा भइ रहँदा केही दिन यता फिल्म सर्न सक्ने हल्ला पनि चलिरहेको छ । यसलाई सामाजिक सञ्जाल मार्फत प्रस्ट्याउँदै झरनाले मैदान छाडेर नभाग्ने बताएकी हुन् ।

‘कतिपयले हामी निर्धारित मितिबाट पछि हट्न लागेको हल्ला चलाइरहेको हामीले थाहा पायौँ । यसमा हामीलाई दुःख लागेको छ । चाहे जस्तोसुकै परिस्थिति आओस्, हामीले रोजेको र तोकेको मैदान छाडेर एकरत्ति पनि पछि हटेका छैनौँ’ झरनासँगै निर्माता रहेका उनका पति सुनिलकुमार थापाले पनि सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।

दुबै जनाले फेसबुकमा स्टाटस लेख्दै शो विभाजनसँगै विदेशी फिल्मको दबदबालाई लिएर भोगिरहेको समस्याको बारेमा जानकारी गराएका छन् । फिल्म प्रदर्शनमा राष्ट्रवादको मुद्दाले स्थान पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ता माझ यसको चर्चा बढ्दो छ । ‘अहिले हामी विदेशी चलचित्रसँग एक्लै लड्नुपरेको छ । भोलि तपाईंले पनि लड्नुपर्ने नै छ । आज हामीलाई झम्टिने चितुवाले भोलि तपाईंलाई बाँकी राख्छ त ?’ सुनिल र झरनाले आ–आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ७ : ०० बजे

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु