उद्योगमन्त्री बडू र क्यानडाका राजदूतबीच शिष्टाचार भेटवार्ता « Khabarhub

उद्योगमन्त्री बडू र क्यानडाका राजदूतबीच शिष्टाचार भेटवार्ता


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुसंग नेपालका लागि क्यानडाका गैरआवासीय राजदूत क्यामरुन डिन म्याकेले शिष्टाचार भेट गरेका छन्। भेटघाटमा नेपाल र क्यानडाबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धका विविध विषयमा छलफल भयो।

सो अवसरमा मन्त्री बडुले नेपालको विकासमा क्यानडाले गरेको सहयोगको प्रशंसा गर्दै कोभिड—१९ महामारीमा स्वास्थ्य क्षेत्रमा गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरे। साथै कोभिडको संक्रमणपछिको अवस्थामा पनि सहयोगको निरन्तरताका लागि आग्रह गरे।

यसप्रकारको सहयोगले दुई देशका सरकारबीच मात्र नभई जनस्तरमा समेत सम्बन्ध प्रगाढ बनाउन थप महत्वपूर्ण भूमिका खेल्ने बताउँदै मन्त्री बडुले नेपालको विकास प्राथमिकताअनुरुप विगतमा झैँ क्यानडा सरकारले आगामी दिनमा पनि नेपाललाई सहयोग गर्ने विश्वास व्यक्त गरे ।

पाँच दशक लामो दुईपक्षीय कूटनीतिक सम्बन्ध सौहार्दपूर्ण रहेको र नेपालको लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया तथा विकासमा समेत क्यानाडा सरकारको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै उनले व्यापार सहजीकरण तथा कृषि, ऊर्जा, पूर्वाधार, पर्यटन र मानव संसाधन विकासका क्षेत्रमा नेपालमा लगानी बढाउन अनुरोध गरे।

छलफलमा महामहिम राजदूतले नेपाल सदैव क्यानडाको प्राथमिकतामा रहेको र दुई देशको सम्बन्धलाई थप सुदृढ बनाउन उद्योग, व्यापार, सूचना प्रविधि, शिक्षालगायत विभिन्न क्षेत्रमा लगानी वृद्धि गर्न सकिने बताए ।

क्यानाडा सरकार तथा अन्य लगानीकर्तामार्फत थप लगानी वृद्धि गर्न तयार रहेको बताउँदै उनले लगानीमैत्री वातावरण र लगानीको सुरक्षाको प्रत्याभूतिमार्फत लगानीकर्तामा विश्वास सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ७ : २६ बजे

उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च गुहारे रेशम चौधरीले

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी

बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके देशमा फेरि दुर्घटना हुन्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बलियो राष्ट्रिय

सजिलो छैन प्रधानमन्त्रीका दुई उम्मेदवारको संसद् यात्रा

काठमाडौं- वरिष्ठ नेता बालेन्द्र साहलाई फागुन २१ को निर्वाचनपछिको प्रधानमन्त्री

बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी

नेपालगञ्ज– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक