एजेन्सी – अमेरिकाको न्यूयोर्क सहरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १३ जना घाइते भएका छन् ।
न्यूयोर्क सहरको ब्रुकलिन क्षेत्रमा रहेको सबवे स्टेशनमा स्थानीय समयअनुसार मंगलबार बिहान ८:३० बजे बन्दुकधारीले गोली प्रहार गरेका हुन् ।
घाइते १३ मध्ये ५ जनालाई गोली लागेको बीबीसीले जनाएको छ।
घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी र उद्धारकर्मी परिचालन गरिएको जनाइएको छ ।
सुरक्षा अधिकारीहरूले सर्वसाधारणलाई ब्रुकलिनको सनसेट पार्क इलाकामा रहेकाे ३६ स्ट्रिट तिर नजान आह्वान गरेका छन् ।
यसअघिका समाचारमा घटनास्थलमा विष्फोटक पदार्थ पनि भेटिएको बताइएपनि यसमा सत्यता नरहेको न्यूयोर्क सहरको प्रहरी विभाग एनवाईपीडीले जनाएको छ ।
ट्विटर मार्फत एनवाईपीडीले घटनाका प्रत्यक्षदर्शलाई घटनाबारे थप जानकारी दिनसमेत आग्रह गरेको छ ।
प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ । अमेरिकी यातायातमन्त्री पिट बुटजेजले ट्विट गर्दै घटनाको निगरानी गरिरहेको बताएका छन् ।
प्रतिक्रिया