दुई साताभित्रै काठमाडौँको धारामा मेलम्चीको पानी आउने « Khabarhub

दुई साताभित्रै काठमाडौँको धारामा मेलम्चीको पानी आउने


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेलम्बु । खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी काठमाडौँवासीलाई खुवाउने पूर्वप्रधानमन्त्री तथा सन्त नेता कृष्णप्रसाद भट्टराईको सपना पूरा भएको बताएका छन् ।

मेलम्ची खानेपानी आयोजनाको बाँधस्थल अम्बाथानमा रहेको १ नम्बर डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नम्बरको गेट खोलेर सुन्दरीजलतर्फ पथान्तरणका क्रममा उनले यस्तो बताएका हुन् ।

गतअसार १ गते र त्यसपछि मेलम्ची नदीमा आएको बाढीका कारण आयोजनास्थल हेडवक्र्स क्षेत्रमा क्षति पुगेको थियो ।

सो अवसरमा मन्त्री चौधरीले मेलम्चीको पानी नयाँ वर्ष २०७९ को वैशाखसम्ममा काठमाडौँको धारामा पुग्ने बताए ।

उनले सरकारले गरेको घोषणा र प्रतिबद्धताअनुरुप चैत मसान्तभित्रै पानी सुरुङमा हाल्न सफल भएकोमा खुशी व्यक्त गरे ।

मन्त्री चौधरीले विभिन्न बाधा, अड्चन र समस्याका बाबजुद पनि मेलम्ची अयोजनाको पुनःनिर्माण गरी पानी पथान्तरण कार्य सम्पन्न गराउन योगदान दिने मन्त्रालय र

आयोजनाका कर्मचारी, प्रदेश सरकार, स्थानीय सरकार, स्थानीय नागरिक, विज्ञ, निर्माण कम्पनी सिनो हाइड्रो, परामर्शदातालाई धन्यवाद दिए ।

यस अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा, मन्त्रालयका सचिव सुरेश आचार्य, आयोजनाका कार्यकारी

निर्देशक बासुदेव पौड्याल प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाललगायतको उपस्थिति थियो ।

गत वर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गरिएको थियो । तर, असार १ गते आएको बाढीले क्षति पुर्‍याएको थियो ।

करिव दुई साताभित्रै मेलम्चीको पानी सुन्दरीजल पानी प्रशोधन केन्द्रमा आइपुग्ने भएको छ ।
सुरुङमा प्रतिसेकेण्ड २६० लिटर पानी खसालिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  १० : ३५ बजे

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु