बिहीबार गर्न नहुने पाँच काम « Khabarhub

बिहीबार गर्न नहुने पाँच काम


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ज्योतिषशास्त्र अनुसार बिहीबारको दिन बृहस्पतिको पूजा गर्नाले सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने धार्मिक विश्वास छ।

शास्त्रअनुसार बिहीबारका दिन केही कामहरु भने बर्जित गरिएको छ। बृहस्पति ग्रहको अनुकूलताको लागि केही यस्ता कार्य हुन्छन् जुन बिहीबारको दिन गर्नु उचित मानिँदैन।

बिहीबारलाई धार्मिक दिन मानिन्छ। ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ।

बिहीबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने विश्वास गरिन्छ। तर बिहीबार केही काम गर्न भने निषेध गरिएको छ।१. कपाल नुहाउनु हूँदैन, २. रौं काट्नु हुँदैन, ३. दारी काट्ने वा नङ काट्ने, ४. भारी कपडा धुनु र फोहोर गर्नु हुँदैन, ५. लक्ष्मीको मात्र पुजा पनि गर्नु राम्रो मानिदैन।

शास्त्रमा बिहीबार कपाल नुहाउन नहुने उल्लेख छ। खासगरी महिलाहरुले बिहीबार कपाल नुहाउनु अशुभ मानिन्छ।

महिलाको जन्मकुण्डलीमा वृहस्पति पतिकोरुपमा रहने हुँदा यो दिन कपाल नुहाउनु नराम्रो मानिन्छ। बिहीबार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने शास्त्रमा उल्लेख छ।

बिहीबारको दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ। वृहस्पतिलाई जीवन अर्थात जीवन भनिएको छ। बिहीबार रौं काट्दा गुरु ग्रह कमजोर हुने भनिन्छ। यसो गर्दा शिरमा असर गर्ने र उमेर समेत कम हुने शास्त्रमा उल्लेख छ।

बिहीबार नङ काट्नु र दारी काट्नु अशुभ मानिन्छ। यस्ता कार्य बिहीबार गर्दा जागिरमा समस्या हुने र पदोनन्ती हुनुको साटो घटुवा हुने समेत सम्भावना हुने शास्त्रमा उल्लेख छ।

बिहीबार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल, नङ काट्ने काम कहिले पनि नगर्नुस्। त्यस्तै घरको सरसफाइ माकुराको जालो हटाउने काम पनि बिहीबार नगर्नु नै उत्तम हुन्छ।

बिहीबारको दिन भारी कपडा धुनु राम्रो मानिँदैन। बिहीबारको दिन ठूला ठूला कपडा धुँदा अशुभ हुने मानिन्छ। बिहीबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ। बिहीबारमा घरमा भएको फोहोर बाहिर फाल्दा अशुभ हुने मानिन्छ। घरको सरसफाइ सकेसम्म बिहीबार नगर्नु नै राम्रो हुन्छ।

बिहीबारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ। यस दिन पुजा गर्दा लक्ष्मीको मात्र गर्नु हुँदैन। पुजा गर्दा लक्ष्मी नारायणको पुजासँगै गर्नु राम्रो हुन्छ। यसले पति पत्निबीचको सम्बन्ध पनि राम्रो हुने शास्त्रमा उल्लेख छ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ५ : ४१ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल