उदयपुरमा ९८ वटा मतदान स्थलमा कडा सुरक्षा व्यवस्था « Khabarhub

उदयपुरमा ९८ वटा मतदान स्थलमा कडा सुरक्षा व्यवस्था


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – जिल्ला प्रशासन कार्यालय उदयपुरले स्थानीय तहको निर्वाचनमा  मतदान स्थलमा कडा सुरक्षा व्यवस्था मिलाएको छ । उदयपुरका १२ वटा मतदान स्थललाई अति संवेदनशील र ५० वटा संवेदनशील रहेको भन्दै सुरक्षा व्यवस्था कडा पारेको हो ।

जिल्ला प्रशासन कार्यालयले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएसँगै अति संवेदनशील र संवेदनशील केन्द्रमा वर्गीकरण गरी सुरक्षा थ्रेटलाई ख्याल गरेर सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिएको छ । उदयपुरमा ३६ वटा मतदान स्थल मात्र सामान्य सूचीमा वर्गीकरण गरिएको छ ।

उदयपुरमा ९८ वटा मतदान स्थल अन्तर्गत २ सय ५८ वटा मतदान केन्द्र छन् । मतदान केन्द्रमा १ हजार ६ सय १६ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘जिल्लाका सबै स्थानमा रिर्जभ फोस पनि परिचालन गरिएको छ । मतदान स्थलमा स्टाइकिङ् टोली पनि खटाइएको छ,’ प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादवले भने, ‘निर्वाचनलाई लक्षित गरेर केही समुहले निर्बाचन बहिष्कार लगायतका  गतिविधिलाई पनि नियालेर सुरक्षा व्यवस्था पुरै कडाइ गरिएको हो ।

उदयपुरमा ६ वटा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलसहित अन्य स्वतन्त्र गरी १ हजार ४ सय ३२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । ती उम्मेदवारहरूलाई पनि सुरक्षा प्रदान गर्न सुरक्षाकर्मीले निगरानी राख्ने जानकारी दिए । यहाँ सुरक्षाको लागि नेपाल प्रहरीका ६ सय ११ जना, म्यादी प्रहरी १ हजार ५ जना, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘तीन घेरा सुरक्षा नीति अनुसार भित्री कोर टिममा नेपाल प्रहरीसँगै म्यादी प्रहरी, त्यसपछि सपोर्टिङ्मा सशस्त्र प्रहरी र बाहिरी घेरामा सेनाको टोली खटाइएको प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादवले जानकारी दिए ।

निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउन गर्नु पर्ने सम्पूर्ण काम सकिएको बताउँदै जिल्लामा चार तहमा सुरक्षाकर्मी परिचालन भई सकेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए । जिल्लामा अति संवेदनशील र संवेदनशील मतदान स्थलमा थप्प सुरक्षामा बम डिष्पोजल सहितको टोलीलाई परिचालन गरी तैनाथ गरिएको छ । स्थानीय निर्वाचन सफल बनाउन र उदयपुरको शान्ति सुरक्षा मजबुत बनाउनका लागि चौबिसै घण्टा सेना परिचालन गरिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ६ : २५ बजे

सुकुम्बासी बस्ती हटाइएको क्षेत्रमा कस्ता संरचना बनाउने तयारीमा छन् बालेन ?

काठमाडौं- सरकारले शनिबारदेखि जोखिमपूर्ण क्षेत्रमा बस्दै आएका सुकुम्बासी वस्ती हटाइरहेको

ओखलढुंगाका हेडसर अझै माग्दैछन् माफी, भने : मेरो कारण सांसदज्यूको मान मदर्न हुन गयो

ओखलढुंगा-जिल्लाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका

खाताबाट २० हजार झिक्न नदिएपछि बहिनीको कंकाल नै बोकेर बैंकमा पुगे वृद्ध

ओडिशा (भारत) – ओडिशा राज्यको क्योन्झर जिल्लामा सोमबार अचम्म लाग्दो

सरकारविरुद्ध सडकमा विद्यार्थी, देशभरका क्याम्पसमा विरोध चर्काउने तयारी

कीर्तिपुर– विद्यार्थी युनियन खारेज गर्ने सरकारको तयारीविरुद्ध विभिन्न विद्यार्थी सङ्गठनहरूले

जिफन्टको निष्कर्ष : सरकारबाटै श्रमिकको अधिकार खोस्ने प्रयास भइरहेको छ

काठमाडौं- नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले मे दिवस २०२६