गोताबाया राजपाक्षेद्वारा राष्ट्रका नाममा सम्बोधन, प्रदर्शनकारी भन्छन् ‘३० दिनसम्म कहाँ हुनुहुन्थ्यो ?’ « Khabarhub

गोताबाया राजपाक्षेद्वारा राष्ट्रका नाममा सम्बोधन, प्रदर्शनकारी भन्छन् ‘३० दिनसम्म कहाँ हुनुहुन्थ्यो ?’


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकमा जारी चरम आर्थिक संकट र अत्यावश्यक वस्तुको अभावका कारण हिंसात्मक सरकारविरोधी प्रदर्शन चर्किरहेका बेला श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

गत महिना सरकारविरोधी प्रदर्शन शुरु भएयता पहिलोपटक बुधबार अबेर राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति राजपाक्षेले मुलुकको राष्ट्रपतीय अधिकारी संसदलाई हस्तान्तरण गर्न तयार रहेको बताएको बीबीसीले जनाएको छ ।

यद्यपि उनले कुनै समयसीमा भने निर्धारण नगरेको बताइएको छ । सरकार विरोधी प्रदर्शनकारीले भने राष्ट्रपति गोताबाया सहित श्रीलंकामा सत्तारुढ राजपाक्षे परिवारका सबैले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् ।

यसअघि गत सोमबार प्रधानमन्त्री महिन्दाले राजीनामा दिएका थिए । आक्रोशित प्रदर्शनकारीको आक्रमणबाट जोगिन हाल उनी श्रीलंकाली नौसैनिक आधारमा शरण लिइरहेको बताइएको छ ।

राष्ट्रका नाममा सम्बोधनका क्रममा राष्ट्रपति गोताबायाले आफ्नो राजीनाका सन्दर्भमा कुनै जिकिर नगरेको बीबीसीले जनाएको छ । आफ्ना दाजु महिन्दाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको उल्लेख गर्दै राष्ट्रपति गोताबायाले संसदमा बहुमत पुर्‍याउनेलाई नयाँ प्रधानमन्त्रीको जिम्मेवारी दिँदै नयाँ मन्त्रिपरिषद् गठन गर्ने समेत आश्वासन दिए ।

यद्यपि वर्तमान समयमा कुन पार्टीले नयाँ सरकार बनाउने भन्ने अझै स्पष्ट नभइसकेको बीबीसीले जनाएको छ ।

यता सरकार विरोधी प्रदर्शनकारीले भने गोताबायाको भाषणले राष्ट्रमा जारी समस्याको सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन् । ‘३० दिनसम्म तपाईँ कहाँ हुनुहुन्थ्यो ? मानिसहरूसँग औषधि छैन, मानिसहरूसँग खानेकुरा छैन, पूरा मुलुक ठप्प छ ।’ राजधानी कोलम्बोका प्रदर्शनकारी कभिण्ड्य थेन्नकुनले बीबीसीलाई बताए, ‘उनले अघि सारेका सुधार हामीलाई चाहिएको छैन । हामीलाई अहिले चाहिएको कुरा उनको राजीनामा हाे । मेरो दिमागलाई अचम्म लाग्छ गोताबाया राजपाक्षेले यो कुरा बुझ्दै बुझ्दैनन् ।’

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  १ : ३६ बजे

थाइल्यान्डमा रेल दुर्घटना, २२ जनाको मृत्यु

बैंकक– थाइल्यान्डमा उच्च गतिको रेल परियोजना अन्तर्गत निर्माण भइरहेको रेल

सानेपामा पूर्णबहादुर खड्काको ब्रिफिङ : कांग्रेस फुट्ने निश्चित भयो

काठमाडौं- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अब पार्टी फुट्ने

सुमन सायमीसहितका नेताहरु नेकपा प्रवेश (तस्बिरहरू)

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकता

डा. डिला संग्रौला भन्छिन्– ‘कांग्रेस सय प्रतिशत फुट्दैन’

काठमाडौं – नेपाली कांग्रेस नेतृ डा. डिला संग्रौलाले पार्टी पूर्ण

‘मिरमिरे’ आम नेपालीको कथा भएकाले कार्यकारी निर्माता बनेँ : रोहित कट्टेल

काठमाडौं – कम्पनी ‘आरआर फिल्मस्’बाट सक्रियरुपमा फिल्म वितरण गर्दै आएका