एन्टिबायोटिकको बढ्दो प्रयोग र ‘ग्लोबल थ्रेट’ | Khabarhub Khabarhub

एन्टिबायोटिकको बढ्दो प्रयोग र ‘ग्लोबल थ्रेट’



पछिल्लो समय एन्टिबायोटिक प्रयोग गर्नेको सङ्ख्या धेरै बढेको पाइन्छ । एन्टिबायोटिक प्रयोग गर्नाले शरीरमा भएको ब्याक्टेरियल इन्फेक्सनको रोकथाम गर्छ । अथार्त भएका ब्याक्टेरियाहरुलाई नाश गर्छ र ब्याक्टेरियल इन्फेक्सन हुन दिँदैन । एन्टिबायोटिकको प्रयोग मुख्य गरी ब्याक्टेरियल इन्फेक्सनमा हुनु पर्छ । यसलाई प्रेसकिप्सन ड्रग भन्ने गरिन्छ ।

हाम्रोमा नेपाल मेडिकल काउन्सिल र चिकित्सकले मात्र प्रेस्क्राइब गर्न पाउँछ । नेपालमा एन्टिबायोटिकको प्रयोग चिकित्सकले प्रेसकिप्सन बिना पनि प्रयोग भइरहेको छ ।

हाम्रो नेपालमा धेरै ठाउँमा चिकित्सकको उपलब्धता नभएकाले पनि थाहा नपाई धेरै प्रयोग गरिन्छ । कति ठाउँमा एन्टिबायोटिकको ‘सबसिटी’ हुनु पर्नेमा कति ठाउँमा उपलब्ध पनि हुँदैन । यसले गर्दा धेरै प्रयोग बढेको भन्न सकिन्छ ।

एन्टिबायोटिक कति मात्रामा प्रयोग गर्ने ?
एन्टिबायोटिकको प्रयोग कति गर्ने र कति खुवाउने भन्ने कुरा स्टान्डर्ड ट्रिटमेन्ट गाइनामी अनुसार फरक हुने गर्छ । कुनै एन्टिबायोटिक ३ दिन कुनै ५ दिन कुनै ७ दिन खाने हुन्छ । यस्तै कुनै दिनमा १ पटक, कुनै दिनमा २ पटक, कुनै दिनमा ३ पटक खाने हुन्छ ।

चिकित्सकको सल्लाहबमोजिम वा गाइडलाइनको प्रयोग गरेर सेवन गर्नुपर्छ । चिकित्सकले दिएको मात्रा हेरेर मात्र एन्टिबायोटिक प्रयोग गर्नु पर्छ ।

धेरै एन्टिबायोटिकको प्रयोगले देखिने साइडइफेक्ट
पेनकिलर एनाथेलिक एन्टिबायोटिकको साइड इफेक्ट लामो समय राम्रै हुन्छ । पहिले ग्यास्ट्रिक हुने हुन्छ भने लामो समय गलत प्रयोग गर्नाले लिबर, किड्नीमा असर गर्ने र किड्नी ड्यामेज गर्ने जस्ता असर पार्न सक्छ । त्यसैले लामो समय प्रयोग गर्नु हुँदैन ।

एन्टिबायोटिककोे नियन्त्रण कस्तो छ ?
एन्टिबायोटिकको मुख्य समस्या भनेको एन्टिबायोटिक रेजिस्टयान्स्न हुने सम्भावना टर्छ । अहिले हामीले जुन एन्टिबायोटिक खाइरहेका छौँ।

त्यो एन्टिबायोटिकले हाम्रो शरीरमा काम नगर्दै जाने हुन्छ । हाम्रो जेनेरेसन र अबका सन्ततिमा कुनै पनि एन्टिबायोटिक बाँकी नरहन सक्छ ।

ग्लोबल थ्रेट भनेको एन्टिबायोटिक रेजिस्टयान्स्न हो । यसलाई डब्लुएचओले सोलो मोमेन्ट सुनामी भनेको छ । र, ठुलो पेन्डामिकको रुपमा विकार हुन्छ भन्ने आशङ्का गरिएको छ । यसको लागी विभिन्न तहबाट धेरै काम गरिएता पनि डब्लुएचओले नेशनल एक्सन प्लान फर प्रिभेन्सन अफ एन्टिबायोटिक रेजिस्टयान्स्न भनेर डकुमेन्ट्रि पनि निकालेको छ।

ग्लोबल एक्सन प्लान भनेर निकालेको थियो । नेशनल एक्सन प्लान भनेर नेपालले पनि बनाएको छ । यसको लागी ५ वटा कम्पोनेन्ट तयार गरिएको छ । सबैभन्दा पहिले त चेतनामूलक कार्यक्रमको बारेमा कुरा गरिएको छ ।

अर्को सर्बेनेन्स गर्ने र इन्फेक्सन कन्ट्रोल तथा प्रिभेन्सन गर्नु पर्छ। मुख्य गरी एन्टिबायोटिक रेजिस्टयान्स्नमा मेजर कम्पोनेन्ट छ । त्यसमा पनि एन्टिबायोटिकको उपयुक्त प्रयोग कसरी गर्ने र एन्टिबायोटिक रेजिस्टयान्स्नले कस्तो परिणाम निम्ताउँछ भन्ने कुरा भन्ने आधारमा नेपालले पनि अंगिकार गरेर एन्टिबायोटिक रेजिस्टयान्स्नका लागी अगाडि बढ्दै छौँ ।

कस्तो एन्टिबायोटिक प्रयोग गर्न मिल्ने र कस्तो नमिल्ने ?
एन्टिबायोटिक भनेको डिप्रेसन ड्रग हो । यो चिकित्सक को सल्लाह बिना प्रयोग गर्नु हुँदैन। एक जनाले खाएको एन्टिबायोटिक अर्को लाई नमिल्न सक्छ ।

एन्टिबायोटिकको कोर्स हुन्छ, त्यो अनुसार खानु पर्छ । यदि बिचमा खान छोड्यो भने रेजिस्टयान्स्न हुने रिस्क भएकाले चिकित्सकको सल्लाहमा मात्र खानु पर्छ । एन्टिबायोटिक ब्याक्टेरियल इन्फेक्सन भएको हुनाले भाइरल इन्फेक्सन जुन सर्ट लिमिट हुन्छ । यस्तो अवस्थामा एन्टिबायोटिकको प्रयोग गर्नु हुँदैन।

आवश्यकता भन्दा बढी किन दिइन्छ ?
यसको धरै कारण हुन सक्छन् । गलत डायग्नोसिस भएर पनि चिकित्सकले सोचेको भन्दा बढी दिएको हुन सक्छ । कति बेलामा बिरामी आफैले मागेको पनि हुन्छ । स्टान्डर्ड ट्रिटमेन्ट डायग्नोसिस फलो गरेको खण्डमा एन्टिबायोटिक उपयुक्त हुन्छ । त्यो कुराको विचार नपुर्‍याएमा धेरै प्रयोग हुन सक्छ । र, यसलाई हामीले मिनिमाइज गर्नु पर्छ।

नीति नियमको कमी
एन्टिबायोटिकको नीति नियमको कमीको कुरा ग्लोबल स्टान्डर्डमा हामीले गरेका छौँ । तर कार्यान्वयन पक्षमा सरकारी तवरले धेरै प्रयास भएका छन् ।

प्रेसक्प्सिन सरकारी क्षेत्रबाट मात्र नभई प्राइभेट र हेल्थ सेक्टरबाट युनाइटेड इन्टिग्रेटेड एप्रोज गर्न सकिएन भने यसको बारेमा तथ्याङ्क निकाल्न सकिँदैन । त्यसैले गर्दा विभिन्न मल्टिसेक्टर एप्रोज इन्टिग्रेसन गर्ने हिसाबले छिटफुट प्रयास त भएका छन् ।

तर एन्टिबायोटिकको प्रयोगको परिणाम भनेको एन्टिबायोटिकले काम नगर्नु हो । यसले अर्को किसिमको डिजास्टर र अप्ठेरो निम्ताउँछ ।

विकराल रूप नलियोस् भनेर के गर्न सकिन्छ ?
एन्टिबायोटिक रेजिस्टयान्सको प्रिभेन्सन स्ट्राटेजीमा नेपाल सरकारले बनाएको नेशनल एक्सन प्लानमा रहेर गर्ने हो । यसमा दुईदेखि तीन वटा पक्षलाई जोड दिइएको छ । एउटा नियमनकारी पक्ष सरकारको कार्यान्वयन पक्ष । अर्को प्राविधिक पक्ष र पब्लिक एस्पेक्टलाई लिएको छ।

एन्टिबायोटिक गलत प्रयोग र प्रोत्साहन गर्नु भएन । अवेरनेस स्ट्राटेजीको लागी पनि सरकारबाट कुनै न कुनै पहल गर्नु पर्‍यो । एन्टिबायोटिक रेजिस्टयान्सको परिणामलाई स्कुलहरुको एजुकेसन सिस्टममा पनि राख्नु पर्‍यो । त्यसपछि मात्र हामी एन्टिबायोटिक रेजिस्टयान्सको लक्ष्यमा पुग्न सक्छौ ।

स्वास्थ्यकर्मीको तवरबाट के गर्न सकिन्छ ?
हामी स्वास्थ्यकर्मीले पनि प्रेसकिप्सन क्राइट गर्न सक्ने टिम हुनु पर्‍यो । एन्टिबायोटिक रेजिस्टयान्सको परिणामलाई मनन गरेर जुन स्ट्राटेजी छ । ड्रग राइट डोजमा राइट ड्युरेसनको कन्सेप्ट छ, यो हिसाबले कन्टिनियस गरेको अवस्थामा रेजिस्टयान्सलाई मनिमाइज गर्न सक्छौँ ।

प्रयोगकर्ताले के–के कुरामा ध्यान दिने ?
एन्टिबायोटिक रेजिस्टयान्स्नको मेजर कम्पोनेन्ट भनेको अवरनेस स्ट्राटेजी हो । अवरनेसमा मेजर स्टेट भनेको मानिस हो ।

हामीले सबै भाटभटेनीमा टेबल राखेर एन्टिबायोटिकको गलत प्रयोग वा चिकित्सकलाई नसोधी कति जनाले खानु भएको छ भनेर अनुसन्धान गरेका थियौँ ।

करिब ६५ प्रतिशतले आफैँ किनेर खाएको पाएका थियौँ। एन्टिबायोटिक रेजिस्टयान्स्नको मानिस आफैँ सचेत भएर चिकित्सकको सल्लाहमा मात्र खाने वातावरण बनाउनुपर्छ ।

प्रयोग नियन्त्रणमा के गर्ने ?
एन्टिबायोटिक रेजिस्टयान्स्न अहिले ग्लोबल थ्रेटको रूपमा रहेको छ। यसको सही सदुपयोग भएन भने सिजरीयन सेक्सन हुदाँ पनि यसबाट हुने मृत्यु निकै बढ्ने हुन सक्छ। कुनै पनि एक्सिडेन्ट, ट्रमा भयो भने यसको मृत्युदर बढ्ने देखिन्छ ।

इस्लान्ट सर्जरी, अर्थोपेडिक सर्जरी र न्युरो सर्जरी मा ठुलो फरक पार्न सक्छ । समग्र रूपमा स्वास्थ्य क्षेत्रमा विकास भएको ठुलो रोल रहेको छ । यसको प्रयोग कम भयो भने यसले विकासको क्रमलाई नै रोक्न सक्छ । अब हामी सबै जनाले एन्टिबायोटिकको दुरपयोग हुन दिँदैनौ भनेर अघि बढ्नु पर्छ ।

नयाँ एन्टिबायोटिक बन्न सक्ने सम्भावना एकदमै कम छ । भएका औषधीलाई लामो समय प्रयोग गर्ने भएकाले नेशनल एक्सन प्लानको अनुसार अवेरनेस स्ट्राटेजीलाई अपनाएर इन्फेक्सन कन्ट्रोल एन्ड प्रिभेन्सनलाई मूलधार बनाएर एन्टिबायोटिकको प्रयोग कम गर्नु पर्छ ।

(डा.देवसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ११ : ४१ बजे

संघीय संसद्का चार समितिको बैठक बस्दै

काठमाडौं– आज सङ्घीय संसद्का चार समितिको बैठक बस्दै छ ।

दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा

ढोरपाटन– जिल्लाको दुर्गम मानिने तमानखोला गाउँपालिका सञ्चालित दुईदिने निःशुल्क आँखा

वेस्ट इन्डिजमाथि इंग्ल्याण्ड तीन विकेटले विजयी

काठमाडौं – इंग्ल्याण्डले बिहीबार भएको वेस्ट इन्डिजविरुद्धको खेलमा तीन विकेटको

नेपालले बङ्गलादेशलाई आजदेखि विद्युत बिक्री गर्दै

काठमाडौं– नेपालले बङ्गलादेशमा बिजुली निर्यात गर्ने बाटो खुलेको छ ।

राष्ट्रपति पौडेल दोहाबाट काठमाडौँका लागि प्रस्थान

दोहा– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट काठमाडौँका लागि प्रस्थान