सरकारलाई सांसद ज्ञवालीको प्रश्न– प्रधानमन्त्रीको अमेरिका भ्रमण प्रधानमन्त्रीको हैसियतले हुँदैछ कि रक्षा मन्त्रीको हैसियतले ? « Khabarhub

सरकारलाई सांसद ज्ञवालीको प्रश्न– प्रधानमन्त्रीको अमेरिका भ्रमण प्रधानमन्त्रीको हैसियतले हुँदैछ कि रक्षा मन्त्रीको हैसियतले ?


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा सरकारको जवाफ माग गरेको छ ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा एमाले सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणका विषयमा विभिन्न चर्चा हुन थालेको भन्दै यस विषयमा सरकारले सदनमा स्पष्ट जानकारी दिनुपर्ने बताए।

ज्ञवालीले शेरबहादुर देउवा रक्षामन्त्री वा प्रधानमन्त्री कुन हैसियतमा अमेरिका जान लागेको हो, त्यो स्पष्ट हुनुपर्ने जिकिर गरे। दुई दिन अघि सदनमा सत्ता घटक एक दलका प्रमुख सचेतकले प्रधानमन्त्रीको भ्रमण रद्द गर्नुपर्ने भनाइ राख्नु सामान्य नभएको भन्दै उनले प्रधानमन्त्रीको आसन्न भ्रमणले आशंका उत्पन्न भएको धारणा राखे।

उनले प्रधानमन्त्रीको भ्रमणको व्यवस्थापन परराष्ट्र सम्बन्धसँग नभएर रक्षा तथा सेनासँग सम्बन्धित निकाय सक्रिय भएको भन्दै आपत्ती जनाए।

उनले कुनैपनि बहानामा नेपाललाई भूराजनीतिक द्वन्द्वको थलो बनाउन नहुनेमा जोड दिए।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  १२ : ४३ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको