मन्त्री आलेको चेतावनी : निजगढ विमानस्थल बन्छ भनेर धेरै नउफ्रिनुस् « Khabarhub

मन्त्री आलेको चेतावनी : निजगढ विमानस्थल बन्छ भनेर धेरै नउफ्रिनुस्


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनेर नउफ्रिन मन्त्रीहरूलाई चेतावनी दिएका छन् ।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवनको शिलान्यास गर्दै मन्त्री आलेले सरकारले आगामी आर्थिक वर्षका लागि छुटाएको बजेटप्रति आपत्ति जनाउँदै विमानस्थल बन्छ भनेर अव्यवहारिक कुरा नगर्न मन्त्रीहरूलाई चेतावनी दिएका हुन् ।

मन्त्री आलेले निजगढ विमानस्थलमा रोक लगाउने फैसला गरेर न्यायपालिकाले कार्यपालिकामा हस्तक्षेप गरेको बताए । तर पनि कतिपय मन्त्रीहरूले निजगढ एयरपोर्ट बन्छ भनेकोमा उनले आक्रोश व्यक्त गरे । उनले भने, ‘आज कतिपय मन्त्री साथीहरूले निजगढ एयरपोर्ट बन्छ भनेका छन्, के दाँत फुकालेर गर्ने ? दाँत फुकालेर एयरपोर्ट बन्छ ?’

उनले बजेट पनि कम दिइएको गुनासो गरे । मन्त्री आलेले भने, ‘बजेट दिने बेलामा २६ करोड रुपैयाँ दिने, एक खर्ब २० अर्बको लागत अनुमान छ । २६ करोड रुपैयाँमा बन्छ ? तर हामीले २६ करोड बजेट पाएका छौँ । उनले एयरपोर्ट बन्छ भन्नेहरूलाई भन्न चाहन्छु, यस्ता कुरा नगरौँ आजबाट ।’

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रियामा अहिलेसम्म ३ खर्ब र सो विमानस्थललाई जोड्ने काठमाडौं–मधेस फास्टट्रयाकका लागि २ खर्ब खर्च भइसकेको भन्दै मन्त्री आलेले मधेसलाई राजधानीसँग जोड्न नचाहने गरी सर्वोच्चको फैसला आएको टिप्पणी गरे । उनले भने, ‘मधेसी जनता जहिल्यै रैती हुनुपर्ने अवस्था देख्दै छु मैंले। मधेसलाई राजधानीसँग जोड्न नचाहने ? मधेसमाथि विभिन्न ठाउँबाट हस्तक्षेप भएको छ ।’

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  १ : ३४ बजे

नयाँ आर्थिक वर्षको पहिलो दिन ७९ अंकले बढ्यो नेप्से

काठमाडौं– आर्थिक वर्ष ०८३/८४ को पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

भाइरल बन्न ‘चिप’ शब्द हाल्दा बहिष्कारमा दुर्गेश-प्रियंका

काठमाडौं – एक नाबालिग गायिकाको बालत्कार प्रकरणमा जोडिएपछि बहिष्कारमा परेका

मनिता मृत्यु प्रकरणमा परिवारलाई ३९ लाख क्षतिपूर्ति दिन अदालतको आदेश

काठमाडौं– उपभोक्ता अदालतले प्रसूतिको क्रममा मृत्यु भएका मनिता शर्माको परिवारलाई

प्रधानमन्त्रीको बाचा : स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले

एनसेल एपमा ‘शेक एन्ड विन’, ग्राहकलाई सर्प्राइज उपहारहरू 

काठमाडौं– एनसेलले एनसेल एपमा आकर्षक ‘शेक एन्ड विन’ अफर सञ्चालनमा ल्याएको छ