मन्त्री आलेको चेतावनी : निजगढ विमानस्थल बन्छ भनेर धेरै नउफ्रिनुस् | Khabarhub Khabarhub

मन्त्री आलेको चेतावनी : निजगढ विमानस्थल बन्छ भनेर धेरै नउफ्रिनुस्


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनेर नउफ्रिन मन्त्रीहरूलाई चेतावनी दिएका छन् ।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवनको शिलान्यास गर्दै मन्त्री आलेले सरकारले आगामी आर्थिक वर्षका लागि छुटाएको बजेटप्रति आपत्ति जनाउँदै विमानस्थल बन्छ भनेर अव्यवहारिक कुरा नगर्न मन्त्रीहरूलाई चेतावनी दिएका हुन् ।

मन्त्री आलेले निजगढ विमानस्थलमा रोक लगाउने फैसला गरेर न्यायपालिकाले कार्यपालिकामा हस्तक्षेप गरेको बताए । तर पनि कतिपय मन्त्रीहरूले निजगढ एयरपोर्ट बन्छ भनेकोमा उनले आक्रोश व्यक्त गरे । उनले भने, ‘आज कतिपय मन्त्री साथीहरूले निजगढ एयरपोर्ट बन्छ भनेका छन्, के दाँत फुकालेर गर्ने ? दाँत फुकालेर एयरपोर्ट बन्छ ?’

उनले बजेट पनि कम दिइएको गुनासो गरे । मन्त्री आलेले भने, ‘बजेट दिने बेलामा २६ करोड रुपैयाँ दिने, एक खर्ब २० अर्बको लागत अनुमान छ । २६ करोड रुपैयाँमा बन्छ ? तर हामीले २६ करोड बजेट पाएका छौँ । उनले एयरपोर्ट बन्छ भन्नेहरूलाई भन्न चाहन्छु, यस्ता कुरा नगरौँ आजबाट ।’

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रियामा अहिलेसम्म ३ खर्ब र सो विमानस्थललाई जोड्ने काठमाडौं–मधेस फास्टट्रयाकका लागि २ खर्ब खर्च भइसकेको भन्दै मन्त्री आलेले मधेसलाई राजधानीसँग जोड्न नचाहने गरी सर्वोच्चको फैसला आएको टिप्पणी गरे । उनले भने, ‘मधेसी जनता जहिल्यै रैती हुनुपर्ने अवस्था देख्दै छु मैंले। मधेसलाई राजधानीसँग जोड्न नचाहने ? मधेसमाथि विभिन्न ठाउँबाट हस्तक्षेप भएको छ ।’

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  १ : ३४ बजे

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला