डिलाशैनीमा एक मतदाता एक बिरुवा रोपण कार्यक्रम « Khabarhub

डिलाशैनीमा एक मतदाता एक बिरुवा रोपण कार्यक्रम


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको डिलाशैनी गाउँपालिकाले एक मतदाता एक बिरुवा रोपण कार्यक्रम सञ्चालन गरेको छ । पालिकाभर रहेका मतदाता सङ्ख्या बराबर वृक्षारोपण गरिने गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए।

उक्त गाउँपालिकामा १३ हजार २५२ मतदाता रहेका र सोही सङ्ख्यामा वृक्षारोपण गरिने योजना छ । उनले भने,“मतदाता सङ्ख्या बराबर वृक्षारोपण कार्यक्रम सञ्चालन गरेर पालिकाभर वृक्षारोपण अभियान सञ्चालन गछौँ, वृक्षरोपणमा फलफूलका बिरुवालाई प्राथमिकता दिन्छौँ । यसले गाउँपालिकावासीलाई आत्मनिर्भरताको बाटोमा डोर्‍याउन सहयोग पुग्छ ।”

कार्यक्रमका लागि गाउँपालिकाले एक सूचना प्रकाशन गर्दै मतदाता सङ्ख्या बराबर वृक्षारोपण कार्यक्रममा सहभागी हुनका लागि आवेदन दिन आग्रहसमेत गरेको छ । फलफूलका बिरुवाका लागि अगामी असार २ गतेसम्म सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गर्न आग्रह गरिएको र कार्यक्रममा सहभागी हुन चाहने कृषि समूह, कृषि सहकारी, कृषि फर्म र कृषि उद्यमीलाई आग्रह गरिएको छ । अहिलेका लागि बर्खे फलफूलअन्तर्गत कागतीका बिरुवा वितरण गर्ने योजना रहेको जनाइएको छ ।

मतदाता सङ्ख्या बराबर वृक्षारोपण कार्यक्रममा सहभागी हुनेहरूले कम्तीमा ५० बिरुवा रोपणका लागि खाल्डो तयार गरेको हुनुपर्ने गाउँपालिकाको सूचनामा उल्लेख छ । यस्तै कृषि सहकारी, समूह र फर्म दर्ता र नवीकरण भएका प्रमाणपत्र, कार्यक्रम सञ्चालन हुने जग्गाको स्वामित्व खुल्ने प्रमाणपत्र, निवेदकको नागरिकता र कृषि समूहको हकमा समूहको निर्णयको प्रतिलिपि आवश्यक रहेको सूचनामा उल्लेख छ । कृषिमार्फत उद्यमशीलतासँग जोड्नका लागि यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए।

वातावरण संरक्षण गर्न सके मात्रै मानव जातीलाई सहज हुने भएकोले यो कार्यक्रमलाई निरन्तर अगाडि बढाइने जोशीको भनाइ थियो । यसअघि विश्व वातावरण दिवसका अवसरमा गाउँपालिका अध्यक्ष जोशीले मतदाता सङ्ख्या बराबर वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ३ : ३१ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय

प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी

लन्डन- बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले मङ्गलबार आफ्नो लेबर पार्टीको वार्षिक