शिक्षक आवास अत्यधुनिक, छात्रावास जीर्ण « Khabarhub

शिक्षक आवास अत्यधुनिक, छात्रावास जीर्ण


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर – मानिसको बसोबासजस्तो देखिँदैन । वरिपरि घाँसैघाँस उम्रिएको छ । भित्तामा पानी चुहिएको जस्तो देखिन्छ। सरसफाइ छैन । भवन पनि भत्किन थालेको जस्तै देखिन्छ । यस्तो छ – नेपाल सस्कृत विश्वविद्यालय जनता विद्यापीठको तुलसीपुर–१८ विजौरीस्थित छात्राबास भवन ।

छात्राबासको बाहिरी आवरण जस्तो देखिन्छ भित्र पनि त्यस्तै छ । पुराना भवन, त्यसमा पनि सुत्ने खाट पुराना छन् । हावाहुरी चल्दा भित्रै धुलो पस्ने अवस्था छ । त्यहाँ बस्ने विद्यार्थी पनि डराइडराइ बस्नुपर्ने अवस्था छ । ‘भवन पुरानो छ, भत्किन्छ कि भन्ने डरले बस्नुपर्छ’, विद्यार्थी उद्धव पोखरेलले भने ।

नयाँ भवन बन्न लागेको भनी आफूहरूलाई जानकारी आएकाले त्यही अनुसार अहिले पुरानै भवनमा भए पनि गुजारा चलाउने गरेको धर्मशास्त्र तेस्रो वर्षमा अध्ययनरत उमेश उपाध्यायले जानकारी दिए । दैलेख निवासी उनी सात वर्षदेखि त्यही भवनमा बस्दै आएका छन् । लामो समयदेखि एउटै भवनमा बस्दै आएकाले त्यति असहज नलागे पनि संरचना भने जीर्ण हुँदा डर लाग्ने गरेको बताए । ‘म सात वर्षदेखि यहाँ बस्दै आएको छु’, उनले भने, ‘लामो समयदेखि बसेकाले होला, यसलाई सामान्य लाग्ने गरेको छ, तर भवन निकै जीर्ण छन्, जसोतसो गुजारा चलाइएको छ ।’

विसं २०४९ तिर उक्त छात्राबास भवन निर्माण भएको हो । लगभग ३० वर्ष पुगिसकेको त्यो भवनका हरेक संरचना कमजोर बन्दै गएका छन् । आफूहरु बस्दा भवन राम्रै भए पनि अहिले आएर भवन निकै जीर्ण भएको पूर्वविद्यार्थी भीमलाल मरासिनीले बताए। ‘म सात वर्ष यही भवनमा बसेँ, विसं २०५५ देखि २०६२ सम्म छात्राबासमै बसेर उत्तर मध्यमादेखि आचार्यसम्म अध्ययन गरेँ’, उनले भने, ‘यो बीचमा भवन पनि राम्रै थिए, तर अहिले आएर हेर्दा भवन पनि भत्केलान् भन्ने डर, वरिपरि उम्रिएका घाँसले सर्पको डर, धेरै समस्या रहेछ ।’

त्यहाँ भवन जीर्ण भएपछि नयाँ भवन निर्माणको काम भने अघि बढेको विद्यापीठका प्राचार्य योगराज शर्माले जानकारी दिनुभयो । ‘भवन धेरै पुरानो भइसकेको छ, निकै जीर्ण भएकाले नयाँ भवन निर्माण गर्ने गरी हामीले छलफल गरिरहेका छौँ’, उनले भने, ‘हामीले कुनै दुर्घटना नहोस् भनेर प्राविधिकलाई पनि देखाएका छौँ ।’

त्यो भवनलाई मर्मत गर्न सम्भव नहुने भएकाले यही आर्थिक वर्षमा नजिकै रहेको सानो भवनमा विद्यार्थीलाई राखेर अहिले रहेको भवनमा नयाँ भवन निर्माण गर्ने योजना बनाएको उनको भनाइ छ ।

शिक्षक भवन बन्यो

विद्यार्थी जीर्ण भवनमा रात कटाउन बाध्य हुँदा शिक्षकहरूको भने नयाँ भवन निर्माण भइसकेको छ । करिब रु एक करोडको लागतमा गत वर्ष निर्माण भएको विजौरीस्थित भवनमा बाहिरबाट आएका शिक्षक बस्ने गरेका छन् ।

‘सहसचिव, उपसचिव स्तरका शिक्षक बाहिरबाट आउनुभएको छ, उहाँहरूलाई गाउँमा कोठा खोज्न पनि समस्या, भनेको बेला नपाइने अवस्था थियो’, प्राचार्य शर्माले भने, ‘त्यसैले शिक्षकका लागि प्राथमिकता दिएर भवन बनाइएको हो ।’ विगत केही समय छात्राबासमा बस्ने विद्यार्थी पनि नभएकाले केही समय छात्राबास खाली भएको थियो । त्यसबेला शिक्षकलाई प्राथामिकता दिएको प्राचार्य शर्माको भनाइ छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ८ : २० बजे

जेन-जी प्रदर्शनमा घाइतेलाई मासिक उपचार खर्च

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनका क्रममा भएका घाइतेको वर्गीकरण गरी मासिक

एकैदिन संसदीय सुनुवाइदेखि नियुक्तिसम्म : प्रधानन्यायाधीश शर्माले सम्हाले कार्यभार

काठमाडौं- एकै दिन मंगलबार संसदीय सुनुवाइदेखि शपथ हुँदै नियुक्तिसम्मको टुंगो

पूर्वराष्ट्रपति भण्डारीले एमालेको नेतृत्व गर्ने सम्भावना कति ?

काठमाडौं- करिब दुई वर्षसम्म होल्ड भएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी

कामु प्रधानन्यायाधीशले आदेश दिँदा भागेका सर्वोच्चका कर्मचारीको हतारो, शर्माको शपथ नसकिँदै वेबसाइटमा फेरियो नाम

काठमाडौं- राष्ट्रपतिको कार्यालय शीतल निवासमा शपथ चल्दै गर्दा सर्वोच्च अदालत