‘तुइनबाट खसेर मृत्यु हुने घटना बढिरहेका छन् ’ | Khabarhub Khabarhub

‘तुइनबाट खसेर मृत्यु हुने घटना बढिरहेका छन् ’


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले मुलुकका विभिन्न स्थानमा नदी पार गर्न प्रयोग गरिँदै आइएको तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । तर लक्ष्य अनुसार काम सम्पन्न हुन नसक्दा अझै पनि नागरिकले अनाहकमा मृत्यु वरण गर्न परिरहेको छ ।

गतवर्ष महाकाली नदी तर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएका घटना एक वर्ष पुग्न लागेको छ । तर, नदी पार गर्ने क्रममा तुइनबाट खस्ने क्रम अझै रोकिएको छैन ।

तुइनबाट खसेर नागरिकको ज्यान गएका विषयमा सदनदेखि सडकसम्म चर्को आवाज उठ्ने गरेको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद इन्दु कडरियाले तुइन चुँडिएर नागरिकले मृत्युवरण गर्नुपरेको विषयमा सरकारको ध्यानाकर्षण गराइन् ।

गत बुधबार मात्रै व्यास गाउँपलिका–२ तुम्लिङका १८ वर्षीय सञ्जीव बुढाथोकी भारतबाट तुइन तरेर नेपाल फर्कने क्रममा महाकाली नदीमा बेपत्ता भएका उनले सदनलाई जानकारी गराइन्। अहिलेसम्म महाकाली नदीको दार्चुला क्षेत्रमा मात्रै तुइनबाट खसेर २६ जनाले ज्यान गुमाइसकेको उनको भनाइ छ ।

तुइनलाई विस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्ने सरकारको योजना भए पनि केही स्थानमा मात्र तुइन हटाएर झोलुङ्गे पुल निर्माण भएको सांसद कडरियाले बताइन् । “वर्तमान सरकारले तुइन विस्थापित गर्ने योजनालाई निरन्तरता नदिएका कारण अत्यावश्यक स्थानमा तुइन हटेर झोलुङ्गे पुल निर्माण हुन सकेका छैनन्”, उनले भनिन्, “सोही कारण तुइनबाट खसेर मृत्यु हुने घटना बढिरहेका छन् ।”

महाकालीमा मात्र तुइन विस्थापित गरी ११ स्थानमा पुल निर्माण गर्नुपर्ने कार्य योजना भए पनि सात ठाउँमा निर्माण कार्य सुरु हुन नसकेको भन्दै उनले त्यस्ता ठाउँमा तत्काल पुल निर्माण गरेर जनताको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराइन्।

सांसद खिमलाल देवकाटाले ललितपुरको भैँसेपाटीमा छ वर्षदेखि अलपत्र अवस्थामा रहेको ५०० मिटर सडक निर्माण गर्न आफूले पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको भए पनि सुनुवाइ नै नभएको र मुलुकमा सरकार छ भन्ने अनुभूति नै नभएको बताए।

सांसद दीलकुमारी रावल थापा (पार्वती) ले मुलुकको सबै भन्दा पुरानो त्रिभुवन विश्वविद्यालयमा भइरहेको बेथितीको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराइन्।

सांसद अनिता देवकोटाले सङ्घीयासँगै जनताले शान्ति, विकास र समृद्धिको अपेक्षा लिएको भए पनि जनअपेक्षाअनुसार काम नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

सांसद प्रकाश पन्थले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घा उपेक्षामा परिरहेको र यसले अपेक्षाकृत फड्को मार्न नसकेको हुँदा यसतर्फ सरकारको प्राथमिकता र ध्यान दिनु जरुरी छ भने। “आदिकविको जन्मस्थल आन्तरिक तथा बाह्य सांस्कृतिक पर्यटकको प्रचुर सम्भावना भएको पर्यटकीय स्थल हो, यसको विकासमा सरकारकाले ध्यान दिनुपर्छ”, उनले भने ।

सांसद सिंहबहादुर विश्वकर्माले सिन्धुपाल्चोकको तातोपानी नाका जोडिएर कोदारी राजमार्गमा रहेको साँधी खोलामा निर्माणाधीन पुल एक वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्नेमा साढे दुई वर्ष बितिसक्दा पनि करिब ३० प्रतिशत मात्र काम सम्पन्न भएको भन्दै तत्काल निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १२ : ५७ बजे

प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालको हितेन्द्रलाई सुझाव- बत्तीमुनि बसेर ‘बिजुली गयो’ भन्छन्, ध्यान दिएर काम गर्नुस्

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले

एनएलजी इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

काठमाडौं– एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ ।

कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

विराटनगर– कोशी प्रदेशसभाको बजेट अधिवेशन आज सुरु हुँदैछ । बैठक

सशस्त्र प्रहरी सहायक निरीक्षक छत्यालबाट सगरमाथाको सफल आरोहण

काठमाडौं– सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले  विश्वको सर्वोच्च शिखर

स्थानीय आफैँले बनाउन थाले खोलामा पुल

दाङ– दाङ–रोल्पा सडकखण्डअन्तर्गत बिजौरी-होलेरी सडकखण्डको बीचमा पर्ने ग्वारखोलामा पुल छैन ।