श्रीलंकाबाट भाग्न लागेका पूर्वअर्थमन्त्री राजापाक्षलाई प्रदर्शनकारीले रोके « Khabarhub

श्रीलंकाबाट भाग्न लागेका पूर्वअर्थमन्त्री राजापाक्षलाई प्रदर्शनकारीले रोके


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रीलंकाका पूर्वअर्थमन्त्री बासिल राजापाक्षलाई प्रदर्शनकारीहरुले विदेश उड्न अवरोध गरेका छन् ।

सोमबार साँझ संयुक्त अरब इमिरेट्सको दुबई जाने हवाइजहाज चढ्न विमानस्थल पुगेका उनलाई अध्यागमन अधिकारीहरूले रोकेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

देशमा जारी चरम आर्थिक संकटका बेला बासिलले श्रीलंका छोड्ने प्रयास गरेपछि हवाइजहाजका यात्रीले घोर विरोध जनाएका थिए । प्रदर्शनकारीहरुले राजापाक्ष परिवारका सदस्यका साथै राजनीतिक दलका उच्च नेताहरुलाई विदेश जानबाट रोक्नका लागि विमानस्थलमा चेकपोष्ट राखेर बसेका छन् ।

देश आर्थिक संकटमा फसेपछि राष्ट्रपति गोटावायाको निर्देशनमा बसेलले गत अप्रिलमा राजीनामा दिएका थिए । राष्ट्रपति गोटावाया राजापाक्ष तथा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षका भाइ बसेलसँग श्रीलंका र अमेरिकाको दोहोरो नागरिकता रहेको आरोप छ ।

देश आर्थिक संटकमा फसेपछि स्थानीय बासिन्दाले गत शनिबार राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जा गरेका छन् । राष्ट्रपति भवन अहिले प्रदर्शनकारीकै नियन्त्रणमा छ । राष्ट्रपति गोटावायाले बुधबार राजीनामा दिने बताएका छन् ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १ : ०८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु