अध्यक्ष प्रचण्ड र एनआरएनएका पदाधिकारीबीच भेटवार्ता  « Khabarhub

अध्यक्ष प्रचण्ड र एनआरएनएका पदाधिकारीबीच भेटवार्ता 


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए) को एक प्रतिनिधिमण्डलले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेको छ। 

प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको एनआरएनएले जनाएको छ । प्रतिनिधिमण्डलका पदाधिकारीहरूले सरकारले प्रतिनिधि सभामा पेश गर्न लागेको नागरिकता विधेयक बारे छलफल गरेको थियो । 

उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष डा. बद्रि केसी, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो लगायतका पदाधिकारीहरूले विधेयक ल्याउनको लागि सहयोग गरेकोमा प्रचण्ड र माओवादी पार्टीलाई धन्यवादसमेत दिएका थिए । 

विधेयक अन्तिम चरणमा आइसकेकोले यसलाई पारित गराई विश्वमा रहेका सबै गैरआवासीय नेपालीहरूको भावनालाई सम्बोधन गर्न भेटमा उनीहरूले आग्रह गरेका थिए । 

जवाफमा प्रचण्डले संविधानमा गैरआवासीय नेपाली नागरिकताको लागि जुन व्यवस्था गरिएको छ त्यही अनुरूप विधेयक आउने विश्वास व्यक्त गरेका थिए । 

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  २ : १९ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,