राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र एनआरएनए प्रतिनिधि मण्डलबीच भेट « Khabarhub

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र एनआरएनए प्रतिनिधि मण्डलबीच भेट


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गैर आवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधि मण्डलले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटघाट गरेको छ ।

भेटघाटमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा. बद्री केसीलगायतका प्रतिनिधिले सरकारले संशोधनसहित प्रतिनिधिसभामा पेस गर्न लागेको नागरिकता ऐनबारे छलफल गरेका थिए ।

अध्यक्ष तिमिल्सिनाले गैर आवासीय नेपाली नागरिकका विषयमा संविधानमा प्रावधान भएको विषयबाट पछि हट्न नसिकने र यदि यसमा केही सुधार गर्नुपर्ने विषय प्रतिनिधिसभाले नै गर्ने बताए । साथै, उनले नागरिकता ऐन राष्ट्रिय सभामा पेस भएपछि संशोधित ऐनमाथि छलफल गरेर चाडै नै प्रक्रिया पूरा गरिदिने जानकारी गराए ।

यस कार्यक्रममा उपाध्यक्ष महेशकुमार श्रेष्ठ, युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा र सचिवालयका अधिकृत कुनाल मिश्राको उपस्थिति थियो ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  २ : ३२ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।