सत्ता टिकाउन संवैधानिक परिषद्सम्बन्धी विधेयक दर्ता : सांसद दाहाल « Khabarhub

सत्ता टिकाउन संवैधानिक परिषद्सम्बन्धी विधेयक दर्ता : सांसद दाहाल


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद देवेन्द्र दाहालले सत्ता र गठबन्धन टिकाउनका लागि नै संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रियसभामा दर्ता गरेको आरोप लगाएका छन् । 

मंगलबार राष्ट्रिय सभाको बैठकको विशेष समयमा बोल्दै दाहालले सरकारमा रहेका दलहरू आफैले यसअघि विरोध गरेको विधेयक राष्ट्रियसभामा दर्ता गरेको र यो सत्ता र गठबन्धन टिकाउनका लागि मात्रै भएको आरोप लगाएका हुन् ।

 उक्त विधेयकको सम्बन्धमा सभामुख अग्निप्रसाद सापकोटाले विगतमा सर्वोच्च अदालतमा मुद्दा हालेको भन्दै राष्ट्रिय सभाका अध्यक्षले सभामा छलफल गराउनु पूर्व सभामुखको धारणा बुझ्नुपर्ने जिकिर गरे । त्यस्तै उनले प्रतिनिधिसभा र राष्ट्रिय सभामा धेरै विधेयकहरू अड्किएकाले विधेयकलाई हेर्ने अनुगमन, सुपरीवेक्षण र सुझाव समिति बनाउनुपर्ने प्रस्ताव गरे ।

दाहालले सरकारको बेवास्ताका कारण संसद्मा विधेयक र कानुनहरू अलपत्र परेकाले यसका कारण जनतालाई समस्या भएको तर्क गरे ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  २ : ४८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु