घुस लिएको आरोपमा विद्यालयका अध्यक्ष र प्रधानाध्यापकविरुद्ध मुद्दा दायर « Khabarhub

 घुस लिएको आरोपमा विद्यालयका अध्यक्ष र प्रधानाध्यापकविरुद्ध मुद्दा दायर


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरी एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासमानले घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर भएको छ । श्री मावि एकडारामा कार्यरत दुवै जना सेवाग्राहीसँग ५० हजार घुस लिएको आरोपमा १९  जेठमा पक्राउ परेका थिए । उक्त रकम घुस नै भएको अख्तियारले पुष्टि गरेको हो ।

विद्यालयको खेलकुद मैदान स्त्ररोन्ति गर्ने क्रममा विभिन्न बहानामा काम गर्न नदिएर अध्यक्ष र प्रधानाध्यापकले ५० हजार घुस लिएको आरोप लागेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास र टङ्गालबाट खटिएको टोलीले ५० हजार घुस लिइसकेपछि पक्राउ परेका आरोपितद्वयलाई कारवाहीको लागि मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

पुष्टि भएसँगै निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९  को दफा ३९१० बमोजिमको कसुर भएको हुँदा सोहीअनुसार कायम गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम भण्डारीले जानकारी दिए ।

 

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  २ : ५४ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल