वर्तमान सरकारले जनहितमा काम गर्न सकेन : अध्यक्ष भण्डारी « Khabarhub

वर्तमान सरकारले जनहितमा काम गर्न सकेन : अध्यक्ष भण्डारी


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारीले वर्तमान सरकार अराजक शैलीमा चलेको बताएका छन् । 

मंगलबार एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बैतडीको जिल्ला अधिवेशन उद्घाटन सत्रको सम्बोधन गर्दै नेता भण्डारीले अहिले सरकार जनविरोधी काम गरिरहेको आरोप लगाए । 

प्रतिनिधिसभा सांसद समेत रहेका नेता भण्डारीले भने, ‘मन्त्रीले कर्मचारीलाई तथानाम गाली गर्दा उल्टै कर्मचारीलाई कारबाही हुने अवस्था छ । मन्त्रीहरू कमिसनमा रजगज गरिरहेका छन् । प्रदेश सरकारका झ्याल झ्यालमा मन्त्रालय स्थापना भएका छन् । सरकारबाट राज्यको ढुकुटी दुरुपयोग गर्ने काम बाहेक केही भएको छैन । बजेट निर्माणमा दलाल व्यापारीहरूसँग सेटिङ्ग भइरहेको छ । यो अत्यन्तै दुखद छ ।’ ५० को दशकका मुख्य दुस्मन शेरबहादुर देउवा र प्रचण्ड मिलेर सरकार बनाउनु नै देशका लागि दुर्भाग्य भएको उनको भनाई छ ।

नेता भण्डारीले सुखी नेपाली सम्बद्ध नेपालको सपना पुरा गर्न आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एमालेलाई विजय गराई एमालेको एकल बहुमतको सरकार निर्माणमा भूमिका खेल्न आग्रह गरे । 

अनेरास्ववियु जिल्ला संयोजक नरेन्द्र साउदको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष सुरेन्द्र पाल अनेरास्ववियु केन्द्रीय सचिव दिनेश भट्ट, दशरथचन्द नगरपालिकाका मेयर पुष्करराज जोशी लगायतका नेता तथा अखिल आबद्ध विद्यार्थीहरूको सहभागिता थियो । 

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ६ : ३५ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,