वर्तमान सरकारले जनहितमा काम गर्न सकेन : अध्यक्ष भण्डारी « Khabarhub

वर्तमान सरकारले जनहितमा काम गर्न सकेन : अध्यक्ष भण्डारी


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारीले वर्तमान सरकार अराजक शैलीमा चलेको बताएका छन् । 

मंगलबार एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बैतडीको जिल्ला अधिवेशन उद्घाटन सत्रको सम्बोधन गर्दै नेता भण्डारीले अहिले सरकार जनविरोधी काम गरिरहेको आरोप लगाए । 

प्रतिनिधिसभा सांसद समेत रहेका नेता भण्डारीले भने, ‘मन्त्रीले कर्मचारीलाई तथानाम गाली गर्दा उल्टै कर्मचारीलाई कारबाही हुने अवस्था छ । मन्त्रीहरू कमिसनमा रजगज गरिरहेका छन् । प्रदेश सरकारका झ्याल झ्यालमा मन्त्रालय स्थापना भएका छन् । सरकारबाट राज्यको ढुकुटी दुरुपयोग गर्ने काम बाहेक केही भएको छैन । बजेट निर्माणमा दलाल व्यापारीहरूसँग सेटिङ्ग भइरहेको छ । यो अत्यन्तै दुखद छ ।’ ५० को दशकका मुख्य दुस्मन शेरबहादुर देउवा र प्रचण्ड मिलेर सरकार बनाउनु नै देशका लागि दुर्भाग्य भएको उनको भनाई छ ।

नेता भण्डारीले सुखी नेपाली सम्बद्ध नेपालको सपना पुरा गर्न आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एमालेलाई विजय गराई एमालेको एकल बहुमतको सरकार निर्माणमा भूमिका खेल्न आग्रह गरे । 

अनेरास्ववियु जिल्ला संयोजक नरेन्द्र साउदको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष सुरेन्द्र पाल अनेरास्ववियु केन्द्रीय सचिव दिनेश भट्ट, दशरथचन्द नगरपालिकाका मेयर पुष्करराज जोशी लगायतका नेता तथा अखिल आबद्ध विद्यार्थीहरूको सहभागिता थियो । 

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ६ : ३५ बजे

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी

रास्वपा महामन्त्री दौडमा रञ्जुको इन्ट्री, सोबिता उपसभापतिमा लड्ने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको