गण्डकी प्रदेश: बजेटबारे देखिएको असन्तुष्टिप्रति मुख्यमन्त्रीले दिए स्पष्टीकरण « Khabarhub

गण्डकी प्रदेश: बजेटबारे देखिएको असन्तुष्टिप्रति मुख्यमन्त्रीले दिए स्पष्टीकरण


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रतिष्ठानका नाममा भएका बजेट विनियोजनका सम्बन्धमा देखिएको असन्तुष्टि सम्बन्धमा आज आफ्ना धारणा व्यक्त गरेका छन् ।

गण्डकी प्रदेशसभाको आजको बैठकमा विशेष समय लिएर उनले देखिएका असन्तुष्टि सम्बन्धबारे स्पष्ट पारेका हुन् ।

गोवर्धन शर्मा स्मृति कोष, पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रस्ट भवन निर्माण, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण र अमृत जोशी स्मृति पार्कमा छुट्याएको बजेट प्राथमिकताका क्षेत्रमा खर्च गर्न निर्देशन दिइसकेको मुख्यमन्त्री पोखरेलले सभामा जानकारी गराए ।

गोवर्धन शर्मा मेमोरियल ट्रष्ट लगायतका प्रतिष्ठान, ट्रष्टका विषयलाई लिएर समाजमा, सामाजिक सञ्जाल, मिडिया र प्रतिपक्षले राखेको चासोबारे स्पष्ट पार्नका लागि सभामा समय मागेको उनले बताउ । देशमा परिवर्तनका लागि धेरै व्यक्तित्वले योगदान गरेको उल्लेख गर्दै उनले ती व्यक्तिलाई राष्ट्रले, प्रदेशले सम्झने कि नसम्झने ? भन्दै प्रश्न गरे ।

“आज विपी कोइरालालाई छाडौँ, उहाँ प्रधानमन्त्री हुनुभयो, पुष्पलाल जी केही हुनुभाथ्यो ? थिएन । गणेशमानजी सरकारी पदमा जानुभयो, जानुभएन । यस्ता धेरै व्यक्तित्व हुनुहुन्छ, जसलाई हामीले सम्मान गरेका छौँ, गर्नुपर्छ र केन्द्रीय सरकारले गरिआएको पनि छ”, मुख्यमन्त्री पोखरेलले भने ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १० : २४ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु