केटी साथीलाई आँखा लगाएको भन्दै छुरा प्रहार, आरोपी पक्राउ « Khabarhub

केटी साथीलाई आँखा लगाएको भन्दै छुरा प्रहार, आरोपी पक्राउ


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा युवकमाथि छुरा प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

असार २५ मा राति थलीस्थित पिपलबोटमा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका घर भएका राजन श्रेष्ठलाई छुरा प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर–८ घर भई थली बस्ने २७ वर्षीय दीपेश शाक्य छन् ।

प्रारम्भिक अनुसन्धानमा केटी साथीलाई राजनले आँखा लगाएको विषयमा विवाद हुँदा दीपेशले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

छुरा प्रहारबाट राजनको पेटमा चोट लागेको र उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ११ : १७ बजे

चीनद्वारा आफ्नो जलक्षेत्रमा पसेका अवैध जापानी जहाज निष्कासन

एजेन्सी– चिनियाँ जल क्षेत्रमा अवैध रूपमा प्रवेश गरेको आरोपमा जापानी

चितवनका ओपनरको दोहारो अर्धशतकसहितको बलियो साझेदारीले जनकपुरका इटनले गरे भंग

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

किसानको धान खरिदमा चुनौती

सिरहा– यहाँको लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखामा

चितवनका दुवै ओपनर डविड र अर्जुनको अर्धशकत

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मङ्सिर २० गतेदेखि

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन