६३ स्थानीय तहले बजेट विवरण पेश गरेनन् « Khabarhub

६३ स्थानीय तहले बजेट विवरण पेश गरेनन्


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– देशका सात सय त्रिपन्न पालिकामध्ये हालसम्म ६३ स्थानीय तहले चालु आवको बजेट विवरण पेश गरेका छैनन्  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बजेट प्रविष्ट गराएपछि चालु आवको कारोबार सुरु भएर भुक्तानी प्रक्रिया सुरु हुनेमा हालसम्म ६३ पालिकाले बजेट विवरण पेश नगरेको मन्त्रालयको स्थानीय तह समन्वय शाखाका प्रमुख रेशम कँडेलले जानकारी दिए । 

मन्त्रालयका अनुसार हालसम्म पनि बजेट विवरण प्रविष्ट नगरेका स्थानीय तहमध्ये सबैभन्दा बढी मधेश प्रदेशका ३९ स्थानीय तह छन् । मधेश प्रदेशमा कूल १३६ वटा पालिका छन् । मन्त्रालयका अनुसार हालसम्म बजेट  विवरण प्रविष्ट नगराएका  स्थानीय तहमध्ये प्रदेश नं १ मा तीन, बागमती प्रदेशमा चार, लम्बिनीमा दश, कर्णाली प्रदेशमा तीन र सुदूरपश्चिम प्रदेशमा चार स्थानीय तह छन् ।

गण्डकी प्रदेशका सबै पालिकाले बजेट विवरण प्रविष्ट गराइसकेका छन् । उक्त मन्त्रालयले बजेट प्रविष्ट गराएका स्थानीय तहलाई  चाँडै शीर्षकअनुसार मन्त्रालयको बजेट विवरण प्रविष्ट गर्न निर्देशन गरिसकिएको प्रवक्ता एवं सहसचिव वसन्त अधिकारीले जानकारी दिए । नियमत स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ७१ को उपदफा ९६० मा नगर/गाउँसभाले असार मसान्तसम्म आगामी चालु आर्थिक वर्षको बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ ।

स्थानीय तहको सभाबाट आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको विवरण अनिवार्यरूपमा उक्त मन्त्रालयको पोर्टलमा प्रविष्ट गर्न बाँकी रहेका पालिकालाई पत्राचार गरिसकिएको हो ।  

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  १२ : २६ बजे

अनशनरत निकोलस भुसालको स्वास्थ्य बिग्रिएपछि वीर अस्पताल लगियो

काठमाडौं– विभिन्न माग राख्दै अनशनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या

भारतबाट ६५४ मेगावाट विद्युत् आयात अनुमति नवीकरण

काठमाडौं– भारतले ६५४ मेगावाट विद्युत् भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिस्पर्धी

चुनावी खर्चबारे आएका समाचारमा निर्वाचन आयोगको स्पष्टिकरण

काठमाडौं– निर्वाचन आयोगले निर्वाचन खर्चसम्बन्धी विषयमा हालै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति

बिल बीजकबिनाका करिब १५ लाख बराबरका मोबाइल पार्ट्स बरामद

काठमाडौं– बिल बीजकबिनाका करिब १५ लाख रुपैयाँ बराबरका मोबाइलका पार्ट्स

बुधबार १० अंकले बढ्यो नेप्से, ५ अर्ब बढीको भयो कारोबार

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.८७ अंकले बढेको छ