गाईजात्राका अवसरमा हास्य कलाकारद्वारा नेताहरूप्रति व्यङ्ग्य « Khabarhub

गाईजात्राका अवसरमा हास्य कलाकारद्वारा नेताहरूप्रति व्यङ्ग्य

'बादल लाग्दैमा पानी कहाँ झर्छ र, हुरी बतास आएमा कहाँ पानी पर्छ र..?'


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गाईजात्राका अवसरमा हास्य कलाकारहरूले मुलुकको वर्तमान अवस्थाका बारेमा नेताहरूप्रति व्यङ्ग्य गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको गाईजात्रा विशेष साक्षात्कार कार्यक्रममा देशका चर्चित हास्य कलाकारहरुले विभिन्न क्षेत्रको समसामयिक अवस्थाको सम्बन्धमा चोटिलो व्यंग्य गरेका हुन् ।

कार्यक्रममा हास्य कलाकार शैलेन्द्र सिम्खडाले पछिल्लो समय नेताहरूले जनता हँसाउन र कलाकारहरू पार्टीमा हाम फाल्न थालेको टिप्पणी गरे। उनले देश सिंगापुरजस्तो भए हाँसो व्यङ्ग्य गर्न नपाइने भन्दै ठट्टा गरेका थिए । आफूहरूको प्रस्तुतिमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह हुने उनको भनाइ छ ।

त्यस्तै, चर्चित हास्य कलाकार किरण केसीले  देशमा जति आन्दोलन भए पनि जनताको अवस्था पुरानै छ भन्दै नेताहरूप्रति व्यङ्ग गरे त्यसैगरी, कलाकार जितु नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको क्यारिकेचर गरेर दर्शक हँसाएका थिए । त्यस्तै उनले नेपालले अर्थ मन्त्रालयको सीसी क्यामराले फुटेज लुकाएको भन्दै राजनीतिप्रति व्यङ्ग्य गरेका थिए । नेपालले शतप्रतिशत बोलेको पुर्‍याउने एक मात्र नेता केशव स्थापित आज विस्थापित भएको व्यङ्ग्य गरे।

त्यस्तै, अर्का कलाकार श्रीकृष्ण सिम्खडाले ‘बादल लाग्दैमा पानी कहाँ झर्छ र, हुरी बतास आएमा कहाँ पानी पर्छ र..?’ बोलको कवितामार्फत सरकारप्रति व्यङ्ग्य गरे भने हास्य कलाकार दमन रुपाखेतीले अब आउने चुनावमा ६० वर्ष माथिका नेताहरूलाई उम्मेदवारी नदिन आग्रह गरे।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ६ : ०५ बजे

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक

राष्ट्रियसभा : बाढीपहिरो पीडितलाई विशेष राहत प्याकेज घोषणा गर्न माग

काठमाडौं– सांसदहरुले देशका विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति सरकारको

नेपाल–पोर्चुगल सम्बन्धमा संसदको नयाँ पहल, बन्यो मैत्री समूह

काठमाडौं – नेपाल–पोर्चुगलबीचको सम्बन्धलाई संसदीय तहबाट थप मजबुत बनाउन संघीय

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१