युनिभर्सल मेडिकल कलेजमा विशिष्ट विशेषज्ञ सेवा सुरु « Khabarhub

युनिभर्सल मेडिकल कलेजमा विशिष्ट विशेषज्ञ सेवा सुरु


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- दिइरहेको सेवालाई परिमार्जित गरी युनिभर्सल मेडिकल कलेजले विशिष्ट विशेषज्ञ सेवा सुरु गरेको छ । छिटो छरितो र सहज रूपमा विशेषज्ञहरूबाट नै सेवा र परामर्श लिनका लागि एकै छाना मुनि विभिन्न ४ क्षेत्रको विशेषज्ञ सेवा सुरु गरिएको हो ।

एकद्वार प्रणाली अन्तर्गत मिर्गौला रोग सम्बन्धी, मूत्र रोग सम्बन्धी, न्युरो शल्य चिकित्सा सम्बन्धी सेवा र मुटु, फोक्सो तथा रक्तनली शल्यक्रिया सम्बन्धी सेवा एमसीएच डाक्टरहरूबाट नै दिने सेवा सेवा विस्तार एक कार्यक्रमका बिच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उद्घाटन गरेका हुन् ।

जस अन्तर्गत बिरामीहरूले एकै ठाउँबाट सबै सेवा पाउने, अलग अलग भौँतारिनु पर्ने समस्या हट्ने र विशेषज्ञबाट नै परामर्श लिन सक्ने व्यवस्था मेडिकल कलेजले मिलाएको छ । यसमा अधिकतम रिफरल केसहरू आउने हुँदा आवश्यकता नै ठानेर सेवा सुरु गरिएको अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए । ‘बिरामी टिकट लिएर उक्त विशिष्ट विशेषज्ञ ओपिडी कक्षमा प्रवेश गरेपछि सबै सेवाहरू एक ठाउँमा उपलब्ध हुनेछ,’ उनले भने ।

मिर्गौला रोग सम्बन्धी सेवाहरूको लागी डा. कृष्ण अग्रवाल, मूत्र रोग सम्बन्धी सेवाहरूका लागी डा. सगुन थापा, न्युरो शल्य चिकित्सा सम्बन्धी सेवाको लागी डा. राजकुमार केसी र मुटु, फोक्सो तथा रक्तनली शल्यक्रिया सम्बन्धी सेवाहरूका लागी डा. सन्तोष साहले विशेषज्ञ डाक्टरको सेवा दिनेछन्  ।

बिरामीका लागि एक स्थानबाट उपचार तथा परामर्शको व्यवस्था, रगत तथा पिसाब संकलन केन्द्र, बिरामी कुरुवा क्षेत्र, औषधी खरिदको व्यवस्था लगायतको सुविधा रहेको उनले बताए । यसैगरी बिरामीको कुरुवाको लागी पनि नि:शुल्क वाईफाई, तथा टेलिभिजनको व्यवस्थापन गरिएको गुरुङले बताए ।

हाललाई यो सेवाको लागी टिकट दर ३ सय रुपैयाँ तोकिएको जानकारी दिँदै उनले यो टिकटबाट एक साता सम्म परामर्श लिन सकिने बताए । कार्यक्रममा बोल्दै शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमारले यी सेवाहरू पहिला पनि अस्पतालले प्रदान गर्दै आएकोमा अहिले एक द्वार प्रणाली मार्फत व्यवस्थापन गरिएको बताए ।

बिरामीलाई एकै स्थानबाट सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य लिएर मेडिकल कलेज पनि यस्ता प्रकारका जटिल रोगको उपचार गर्न सक्षम रहेको र काठमाडौं तथा विदेश गएर महँगोमा उपचार गराउनु पर्ने बाध्यताबाट बिरामीले छुटकारा पाउने सकिने अस्पतालका प्रमुख प्रशासकीय अधिकृत कमल राज ढकालले बताए । मेडिकल कलेजमा ओपिडीमा दैनिक सरदर ८ सय जना र आकस्मिक सेवासहित ओपिडीमा दैनिक ४ सय जनाले सेवा लिइरहेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ५ : ३३ बजे

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत गरेन सरकारले

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा

बाजुराको साँफे–मार्तडी सडक सञ्चालन

बाजुरा– पहिरोका कारण तीन दिनदेखि अवरुद्ध साँफे-मार्तडी सडक सञ्चालनमा आएको

जापानी चिप रसायनमा चीनले लगायो ९९.२ प्रतिशतसम्म एन्टि–डम्पिङ शुल्क

बेइजिङ- चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मंगलबारदेखि