बोलबमले व्यस्त बन्यो हलेसी   « Khabarhub

बोलबमले व्यस्त बन्यो हलेसी  


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- बोलबमका कारण खोटाङको त्रि–धार्मिक स्थल हलेसी चलायमान बनेको छ । साउनभर लाग्ने बोलबम मेलाको अवसरमा धार्मिक तथा पर्यटकीय स्थल हलेसी आन्तरिक तथा बाह्य दर्शनार्थीले व्यस्त बनेको हो ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीमा साउन सुरु भएसँगै जल चढाउने दर्शनार्थीको भीड लाग्ने गरेको भए पनि हरेक सोमबारका दिन तीर्थयात्रीको घुइँचो लागिरहेको छ । कोभिड–१९ को महामारीले दुई वर्षसम्म सुनसान बनेको हलेसीमा बोलबमले ग्राहक बढ्दा व्यवसायी उत्साहित छन् ।

साउन सुरु भए यता हलेसीमा हरियो कपडा, चुरा र मेहन्दीमा सजिएका महिला तथा रातो गेरु रंगको पहिरनमा सजिएका पुरुष दर्शनार्थीको बाक्लो चहलपहल छ । साउनको तेस्रो सोमबारसम्ममा करिब ४० देखि ५० हजार दर्शनार्थी हलेसी आएको अनुमान गरिएको हलेसी महादेवस्थान विकास समितिका कार्यालय सचिव सर्वधन बस्नेतले बताए । बोलबमको अवसरमा हलेसी आएका दर्शनार्थीका कारण साना तथा ठूला होटलहरु भरिएका छन् । होटेलमा कोठा नपाउँदा कतिपय दर्शनार्थी गाडीमै रात बिताउने गरेका छन् । पूजा सामग्रीको किनमेल बढेको छ । बोलबम मेलाले हलेसीको आर्थिक क्रियाकलापलाई चलायमान बनाएको छ ।

बिहान ४ बजे खुल्ने हलेसी मन्दिरमा दर्शनका लागि दर्शनार्थी राती दुई बजेदेखि नै लाइनमा उभिने गरेका छन् । दर्शनार्थीलाई मन्दिर प्रवेश गर्न र बाहिरिनका लागि सहज बनाउन डोरी टाँगेर ‘वान वे सिस्टम’ बनाइएको छ । भीड व्यवस्थापनका लागि प्रहरी र स्वयंसेवक परिचालन गरिएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको हलेसीमा हरेक साउनको दोस्रो, तेस्रो र चौथो सोमबार थप दर्शनार्थीको भीड लाग्ने गरेको छ ।

दर्शनार्थी चार पाङ्ग्रे गाडी र मोटरसाइकल चढेर हलेसी आउने गरेका छन् । हलेसी र हलेसी ओहोरदोहोर गर्ने बाटोमा सामुहिक रुपमा ‘बोलबम’ उच्चारण गर्दै यात्रा गर्ने दर्शनार्थीको संख्या पनि उत्तिकै बाक्लो देखिन्छ । बोलबम मेलाको अवधिमा हलेसीमा जल चढाउनका लागि नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, विराटनगर, इलाम, भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चीनको तिब्बतलगायतका ठाउँबाट दर्शनार्थी आउने गरेका छन् । विगतको तुलनामा मन्दिरमा भीडको व्यवस्थापन चुस्त देखिएको सिराहाबाट हलेसी आइपुगेका दर्शनार्थी धिरेन्द्र यादवले बताए ।

मनोकाङ्क्षा पूरा हुने विश्वासमा हलेसीमा साउनको प्रत्येक सोमबार विभिन्न नदीबाट ल्याइएका जल चढाउने गरिन्छ । हलेसीमा देश तथा विदेशबाट आएका हिन्दु धर्मावलम्बीहरूले नुहाएर व्रत गर्दै महादेव, पार्वती र गणेशलाई नदीको जल चढाउने गरेका छन् । हलेसीमा विवाहित महिलाले आफ्नो श्रीमान्को दीर्घायु र परिवारको सुख समृद्धिको कामना गर्दै र अविवाहिता महिलाले असल श्रीमान् पाउने कामना गर्दै पूजा अर्चना गर्ने प्रचलन रहिआएको छ । पवित्र जल तथा बेलपत्रले शिवको पूजा आराधना गरे आफ्नो मनोकामना पूरा हुने र सुखशान्ति मिल्ने विश्वास छ ।

स्थानीयका अनुसार हलेसीमा बोलबम मेला लाग्ने प्रचलन भने करिब दशकदेखि मात्र सुरु भएको हो । तराईबाट कटारी–घुर्मी हुँदै हलेसीसम्म आउने–जाने सडक बिस्तार भएपछि र पूर्वपश्चिम जोड्ने मध्य पहाडी लोकमार्ग विस्तार भएपछि हलेसीमा बोलबम मेला लाग्न थालेको हो ।

बराह पोखरीमा पनि मेला बोलबमको अवसरमा खोटाङकै धार्मिक तथा पर्यटकीयस्थल बराह पोखरीमा पनि दर्शनार्थीको भीड लागेको छ । बराह पोखरी गाउँपालिका–१ बराह पोखरीमा पर्ने बराह पोखरीमा पनि हरेक साउन महिनाभर बोलबम मेला लाग्ने गरेको छ । शंखेश्वरी महादेवको दर्शन गर्न, मेला भर्न, घुमफिर गर्न र चन्द्राकार बराह पोखरीको दृश्यावलोकनकालागि बराह पोखरी चर्चित छ । संसारमै दुर्लभ मानिने रातो माछा पाइने बराह पोखरीको पानीले स्नान गर्दा रोग व्याधि निको हुने तथा आफ्नो मनोकाङ्क्षा पूरा हुने धार्मिक मान्यता छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ६ : २० बजे

अग्रज र असन्तुष्टलाई पनि साथ लिएर उत्तमले बनाए बलियो समावेशी टिम

काठमाडौं– नेपालको निजी ऊर्जा क्षेत्रको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको

लगानी, कृषि र पर्यटन प्रवर्द्धनका लागि सांसदहरूको सुझाव

काठमाडौं–  राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारको आगामी आर्थिक वर्षको नीति

लेबनानमा इजरायली आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– दक्षिणी लेबनानका विभिन्न क्षेत्रहरूमा भएको इजरायली हवाई आक्रमणमा परी

मनिष झाको अभिव्यक्ति सापटी लिँदै निश्कलले सोधे, ‘प्रधानमन्त्रीले क्लास बङ्क गर्न मिल्छ ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले निरन्तर संसद्लाई बेवास्ता गरेपछि वपक्षी दलहरूले

एक महिनापछि जाग्यो संसदीय समिति, सुकुम्वासी राखिएको होल्डिङ सेन्टर अनुगमनमा जाने

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भूमिहीन, सुकुम्वासी