विश्व इतिहासमा आज : टर्कीमा सैन्य ‘कु’देखि जेमिसनको अन्तरिक्ष यात्रासम्म  « Khabarhub

विश्व इतिहासमा आज : टर्कीमा सैन्य ‘कु’देखि जेमिसनको अन्तरिक्ष यात्रासम्म 


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल भदौ २७ गते सोमबार। सन् २०२२ को सेप्टेम्बर १२ तारिख। आजको दिन इतिहासमा भएका केही महत्त्वपूर्ण घटनाक्रम यस्ता छन् :

सन् १९९२ सेप्टेम्बर १२ मा माई जेमिसन अन्तरिक्षमा जाने पहिलो अफ्रिकी–अमेरिकी महिला बनेकी थिइन्। जेमिसनले अन्तरिक्षमा १ सय ९० घण्टा समय बिताएकी थिइन्। नासाको सो ५० औँ अन्तरिक्ष यान अभियान थियो।

सन् १९८० सेप्टेम्बर १२ मा टर्कीमा सैन्य कु भएको थियो। यो टर्कीको इतिहासको तेस्रो कु थियो।

सन् १९७४ सेप्टेम्बर १२ मा इथियोपियामा भएको कुपछि सम्राट हाइले सेलासी पदच्युत भएका थिए।

सन् १९७० सेप्टेम्बर १२ मा सोभियत संघले ‘लुना १६’ नामक यान प्रक्षेपण गरेको थियो।

सन् १९५३ सेप्टेम्बर १२ मा रोड आइल्याण्डको न्यूपोर्टमा ज्याकलिन ली बोवी र जोन एफ केनेडीको विवाह भएको थियो।

सन् १९४३ सेप्टेम्बर १२ मा हिटलरको आदेशमा जर्मन पाराट्रुपरहरुले ‘द ग्रान सासो रेड’ सञ्चालन गरेका थिए। इटालीका राजाको आदेशमा स्कि रिसोर्टमा बन्धक बनेका शासक बेनिटो मुसोलिनीलाई छुटाउन सो अभियान सञ्चालन गरिएको थियो।

सन् १९१३ सेप्टेम्बर १२ मा खेलाडी जेसी ओवेन्सको जन्म भएको थियो। सन् १९३६ मा आयोजना भएको बर्लिन ओलम्पिकमा ओवेन्सले ट्रयाक एण्ड फिल्ड खेलमा ४ पदक जित्न सफल भएका थिए।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ६ : ३५ बजे

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा