देशको समृद्धिका लागि मिलेर अघि बढौँ: डा. महतो « Khabarhub

देशको समृद्धिका लागि मिलेर अघि बढौँ: डा. महतो


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) संस्थापक डा.उपेन्द्र महतोले देशको समृद्धिका लागि मिलेर अघि बढ्न विदेशमा बस्ने नेपालीलाई आग्रह गरेका छन्।

गैरआवासीय नेपाली संघको एनआरएनए एकेडेमीद्वारा आइतबार आयोजित आर्थिक पारदर्शिता र व्यवस्थापनसम्बन्धी एक भर्चुअल अन्तरक्रियालाई सम्बोधन गर्दै उनले देश समृद्ध नभएसम्म व्यक्तिगत सफलताको कुनै अर्थ नहुने बताए। उनले अहिले विश्वले पुँजीलाई भन्दा ज्ञान, सिप, परम्परा, संस्कार र अनुभवलाई महत्त्व दिन थालेको बताए।

डा. महतोले विदेशमा सङ्घर्ष गरेर केही हदसम्म नेपालीहरू स्थापित हुनसकेकोमा खुसी व्यक्त गर्दै विदेशमा सिकेको ज्ञान सिप र अनुभव आफ्नै देशमा लगाउन आग्रह गरे।

उनले नेपाललाई आर्थिक समृद्धि मात्र होइन बौद्धिक, धार्मिक, सांस्कृतिक रुपमा पनि समृद्धि बनाउन लाग्नु पर्नेमा जोड दिए। देशको समृद्धिको लागि काम गर्न चुनौतीपूर्ण भए पनि यसलाई अवसरको रुपमा लिनु पर्ने उनले बताए।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले संघको अभियानको स्थापना नै देशमा ज्ञान, सिप र अनुभवलाई देशमा भित्र्याउने उद्देश्यले भएको स्मरण गराए। उनले पनि नेपालको समृद्धिको लागि काम गर्न गम्भीर भएर लाग्न आग्रह गरे।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ६ : ४७ बजे

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा