चिनियाँ सभामुख ली आज नेपाल आउँदै « Khabarhub

चिनियाँ सभामुख ली आज नेपाल आउँदै


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली झान्सु नेपालको तीन दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउँदै छन् ।

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चिनियाँ नेता लीसहितको चिनियाँ प्रतिनिधिमण्डल विशेष विमानमार्फत आउने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

लीले आजै समकक्षी सापकोटासँग वार्ता गर्ने तालिका छ। सभामुख सापकोटाले लीको सम्मानमा आज साँझ रात्रिभोजको आयोजना गरेका छन् । चिनियाँ नेता लीले भोलि प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छुट्टा-छुट्टै भेट गर्नेछन् भने भ्रमणको अन्तिम दिन तथा पर्सि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास पुगेर शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि छुट्टाछुट्टै भेटवार्ता तय भएको छ।

नेपालमा रहँदा उनले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण हुँदा भएका सहमतिअनुसार अघि बढेका कार्यक्रमको प्रगतिको अनुभव आदानप्रदान गर्नुका साथै बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना तथा अन्य विकास साझेदारीका बारेमा छलफल गर्नेछन्।

साथै दुई देशको संसदीय अनुभव आदानप्रदान गर्नुका साथै नेपालको न्यायप्रणाली सबल बनाउन चीन सरकारले आगामी दिनमा पुर्‍याउन सक्ने सहयोग र सहकार्यका सम्बन्धमा बृहत् छलफल हुनेछ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ७ : ५४ बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।