खासामा रोकिएका आठ कन्टेनर नेपाल भित्रिए « Khabarhub

खासामा रोकिएका आठ कन्टेनर नेपाल भित्रिए


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– उत्तरी तातोपानी नाकामा रोकिएका कन्टेनर शनिबारबाट नेपाल भित्रिन थालेको छ । चीनको सिगात्से, न्यालम, खासा, ल्हासामै रोकिएका दसैँ-तिहार लक्षित सामग्री लोड भएका कन्टेनर नेपाल भित्रिन थालेको हो । 

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार शनिबार पाँच र आइतबार तीन कन्टेनर भित्रिएका छन् । त्यसमा लसुन, खुद्रा तथा स्याउ रहेको तर स्याउ बिगारिसकेका बताइएको छ । 

कन्टेनरको आवश्यक भन्सार प्रोटोकल र स्वास्थ्य मापदण्ड अपनाएर सम्बन्धित ठाउँमा पठाउने प्रक्रिया धमाधम भइरहेको गौतमले बताए । गत साउन २३ गतेदेखि लगाएको लकडाउनले तातोपानी र केरुङ नाका ठप्प थिए । तातोपानी हुँदै आउने डेढ सयभन्दा बढी दसैँ लक्षित सामग्री बोकेका चिनियाँ कन्टेनर उतै थन्किएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतले बताए ।

 परराष्ट्र मन्त्रालयमा आइतबार हिमालपारि व्यापार संघका पदाधिकारी र व्यवसायीले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई आग्रह गरेका थिए । 

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  २ : ४२ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार