राजस्व कार्यालय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर   « Khabarhub

 राजस्व कार्यालय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर  


२७ भदौ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय महाराजगन्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

प्रधानले सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिएको पुष्टी भएको जनाउँदै अख्तियारले आज उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

अख्तियारले उनलाई गत साउन १८ गते सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । 

अख्तियारले आज एक विज्ञप्ति जारी गर्दै अनुसन्धानको सिलसिलामा प्रधानले कम्प्युटर बिलिङ्ग स्वीकृत गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको जनाएको छ । 

आज दायर गरिएको मुद्दामा उनीसँग ३० हजार रुपैयाँ बिगो दाबी गरिएको छ । 

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  ३ : २८ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि