सिचुवान भूकम्प : मृतकको सङ्ख्या ९३ पुग्यो « Khabarhub

सिचुवान भूकम्प : मृतकको सङ्ख्या ९३ पुग्यो


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । गत सेप्टेम्बर ५ मा गएको यस भूकम्पमा परी अझै २५ जना बेपता रहेका छन् ।

चीनको उद्धार मुख्यालयका अनुसार लुडिङस्थित गान्जी क्षेत्रमा ५५ जनाको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार यान शहरमा ३८ जनाको मृत्यु भएको छ । बेपत्ता भएका मध्ये ९ जना लुडिङका र १६ जना यानको शिमियान काउन्टीका रहेका छन् ।

सेप्टेम्बर ५ का दिनमा स्थानीय समयानुसार १२ बजेर ५२ मिनेटमा लुडिङ काउन्टीभन्दा ३९ किलोमिटर टाढाको स्थललाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको ‘चाइना भूकम्प नेटवर्क सेन्टर’ ले जनाएको थियो ।

भूकम्पको धक्का केन्द्रबिन्दुबाट दुई सय २६ किलोमिटर टाढा रहेको सिचुवान प्रान्तको राजधानी चेङ्दुमा पनि महसुस गरिएको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ४ : ०९ बजे

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने