विदेशिएका नागरिकबाट प्राप्त रेमिट्यान्सले राहत मिलेको छ : श्रीलङ्काली श्रममन्त्री « Khabarhub

विदेशिएका नागरिकबाट प्राप्त रेमिट्यान्सले राहत मिलेको छ : श्रीलङ्काली श्रममन्त्री


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रीलङ्काली श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री मानुषा नानायक्काराले विदेशिएका श्रीलङ्कालीहरुबाट प्राप्त रेमिटेन्सले आर्थिक सङ्कटमा परेको देशमा राहात मिलेको बताएका छन् ।

उनले उनीहरुबाट पठाइएको रेमिटेन्स रकम अगष्ट महिनासम्ममा ३२ करोड ५० लाख अमेरिकी डलर पुगेको पनि जानकरी दिएको प्राप्त समाचारमा जनाइएको छ ।

उनले वैदेशिक रोजगारीमा गएका श्रीलङ्कालीबाट प्राप्त भएको रेमिटेन्स रकम पछिल्ला दिनमा बढ्दो रहेको भन्दै यसबाट वैदेशिक मुद्राको खाँचो विस्तारै सहज भएको बताए । उनले गत जुलाई महिनाको तुलनामा अगष्ट महिनामा रेमिटेन्स रकम १४ दशमलब ६ प्रतिशतले बढेको पाइएको जानकारी दिएका हुन् ।

उनले रेमिटेन्स रकम पठाउने व्यक्तिहरुलाई विशेष धन्यवाद पनि दिएका छन् । ‘देश आर्थिक सङ्कटमा परेका बेला विदेश पुगेका नागरिकहरुबाट प्राप्त रेमिटेन्स रकमका लागि विशेष धन्यवाद छ’– मन्त्री नानकायराले भने ।

गएको वर्षदेखि आर्थिक सङ्कटमा फसेको श्रीलंकामा वैदेशिक रोजगारीका लागि देश छोडेर जानेहरुको संख्या बढ्दै गएको पाइएको छ । यस वर्षमात्र यहाँका दुई लाखभन्दा बढी मानिसहरु वैदेशिक रोजगारीका लागि विदेशिएका बताइएको छ ।

श्रीलङ्काका श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री नानायक्काराले यसै वर्षको जनवरीदेखि अगष्ट महिनासम्ममा ती नागरिकले वैदेशिक रोजगार विभागमा दर्ता गराएर नै वैदेशिक रोजगारीका लागि गएको जानकारी दिएका हुन् ।

यसअघि उनले आइतबार यसवर्ष मात्र दुई लाख भन्दा बढी व्यक्ति वैदेशिक रोजगारीका लागि विदेश गएको जानकारी दिएका िथए । यसबाहेक अरु कतिपय श्रीलङ्कालीहरु पनि दर्ता नै नगराइकन विदेश गएका हुनसक्ने जनाइएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ५ : ०६ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,