सत्ता गठबन्धन बैठक : अझै टुङ्गिएन सिट बाँडफाँड, एउटै सिटमा दोहोरो/तेहेरो दाबी « Khabarhub

सत्ता गठबन्धन बैठक : अझै टुङ्गिएन सिट बाँडफाँड, एउटै सिटमा दोहोरो/तेहेरो दाबी


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ गठबन्धनले आसन्न निर्वाचनका लागि सिट बाँडफाँड अझै टुङ्ग्याउन सकेको छैन । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार बसेको गठबन्धन आबद्ध दलका शीर्ष नेताहरूको बैठकले सिट बाँडफाँड टुङ्ग्याउन नसकेको हो ।

आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धन दलबीच सिट बाँडफाँडसहित तालमेल गर्ने तयारी छ । तर, सिट बाँडफाँडका लागि बसेका बैठक निष्कर्षविहीन बनिरहेको छ ।

सोमबार पनि बैठकले सिट बाँडफाँडमा सहमति जुटाउन नसकेको गठबन्धन कार्यदल सदस्य तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार एउटै सिटमा दोहोरो/तेहेरो दाबी परेपछि सोमबारको बैठकले पनि सहमति जुटाउन सकेन । तर, गठबन्धन सहमतिको नजिकमा पुगेको उनको दाबी छ । असहमतिलाई समाधान गर्न दुईपक्षीय र त्रिपक्षीय वार्ता भइरहेको कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ६ : ०५ बजे

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

दुई सिडिओसहित ८ उपसचिवको सरुवा तथा पदस्थापन

काठमाडौं – गृह मन्त्रालयले आज प्रमुख जिल्ला अधिकारीसहित आठ कर्मचारीको

राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान

बागमती – आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि

कोशीका जेनजी प्रतिनिधि र हर्क राईबीच छलफल

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र काउन्सिल