आर्थिक वर्ष २०२३ मा भारतको अर्थतन्त्र ७.४ प्रतिशतले बढ्ने वित्त मन्त्रालयको पूर्वानुमान « Khabarhub

आर्थिक वर्ष २०२३ मा भारतको अर्थतन्त्र ७.४ प्रतिशतले बढ्ने वित्त मन्त्रालयको पूर्वानुमान


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको वित्त मन्त्रालयले मुलुकको आर्थिक वृद्धिदर आगामी आर्थिक वर्ष सन् २०२२–२३ मा ७ देखि ७.४ प्रतिशतसम्मले बढ्ने पूर्वानुमान गरेको छ ।

भारतीय वित्तसचिव टीभी सोमनाथनले यसअघि भारतको अर्थतन्त्र ७ देखि ७.५ प्रतिशतले बढ्ने अनुमान गरिएको जनाए । यसबाहेक उनले अन्तर्राष्ट्रिय मुद्रा कोषले भने भारतको आर्थिक वृद्धिदर ७ दशमलब ४ को हाराहारीमा रहने जनाएको जानकारी दिएका छन् ।

‘हामी ७ दशमलब ४ प्रतिशतको वृद्धि हासिल गर्ने दिशातर्फ उन्मुख छौँ । यस आर्थिक वृद्धि हासिल गर्ने हाम्रो अपेक्षा छ ।’ वित्तसचिव सोमनाथनलाई उद्धृत गर्दै भारतबाट प्रकाशित हुने बिजनेश स्ट्यान्डर्डले जनाएको छ ।

यसअघि आर्थिक वर्ष सन् २०२१–२२ मा भारतको आर्थिक वृद्धिदर ८ दशमलब ७ प्रतिशत रहेको थियो ।

यसबाहेक चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा भारतको कूल ग्राहस्थ उत्पादन बढेर ३६ लाख ८५ हजार करोड भारतीय रुपैयाँ पुगेको समेत वित्तमन्त्री सोमनाथनले जानकारी दिए ।

अघिल्लो वर्षको यही अवधिको तुलनामा यो १३ दशमलब ५ प्रतिशतले बढि रहेको बिजनेस स्ट्यान्डर्डले जनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ८ : २२ बजे

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी