चिनियाँ नेताको नेपाल भ्रमणविरोध गर्ने यादव पक्राउ « Khabarhub

चिनियाँ नेताको नेपाल भ्रमणविरोध गर्ने यादव पक्राउ


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादव पक्राउ परेका छन् । नेपाल भ्रमणमा आउन लागेको चिनियाँ प्रतिनिधि मण्डलको भेटवार्ता पारदर्शी गर्नु पर्ने माग राख्दै विज्ञप्ति जारी गरेपछि यादवलाई प्रहरीले नियन्त्रणमा लिएको सो अभियानकी उपाध्यक्ष सुनिता साहले जानकारी दिइन् ।

यादवले आइतबार विज्ञप्ती निकालेर निर्वाचनको मुखैमा चिनियाँ नेताहरुको टोली नेपाल आउनु शंशयपूर्ण रहेको बताएका थिए । यादव पक्राउ परेपछि अभियानले सोमबार विज्ञप्ती निकालेर घटनाको भत्सर्ना गरेको छ।

अभियानकी उपाध्यक्ष साहद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘०७४ सालको आम निर्वाचनमा बाम गठबन्धन निर्माणमा दबाब मुलक भुमिका निर्वाह गरेको आरोप लागेको चिनियाँ बिस्तारवादी शक्तिको आसन्न निर्वाचनको मुखमै जम्बो टोलीसहितको भ्रमण आफैमा संशयपुर्ण रहेको भन्दै उनले चीनियाँ टोलीको नेपालमा आगमनदेखि प्रस्थानसम्मको सम्पुर्ण विवरण आम नेपाली जनतामा पारदर्शी रूपमा पुग्नुपर्ने हाम्रो माग हो । देश र जनताको पक्षमा आवाज उठाउने अध्यक्ष यादवलाई विना सर्त तत्काल रिहा गर्न हामी जोडदार माग गर्दछौं। अन्यथा राष्ट्रिय एकता अभियान सशक्त आन्दोलन गर्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार सरकार र सम्वन्धित निकाय नै हुने जानकारी समेत गराउँछौं।’

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ९ : ३५ बजे

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५