चिनियाँ नेताको नेपाल भ्रमणविरोध गर्ने यादव पक्राउ « Khabarhub

चिनियाँ नेताको नेपाल भ्रमणविरोध गर्ने यादव पक्राउ


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादव पक्राउ परेका छन् । नेपाल भ्रमणमा आउन लागेको चिनियाँ प्रतिनिधि मण्डलको भेटवार्ता पारदर्शी गर्नु पर्ने माग राख्दै विज्ञप्ति जारी गरेपछि यादवलाई प्रहरीले नियन्त्रणमा लिएको सो अभियानकी उपाध्यक्ष सुनिता साहले जानकारी दिइन् ।

यादवले आइतबार विज्ञप्ती निकालेर निर्वाचनको मुखैमा चिनियाँ नेताहरुको टोली नेपाल आउनु शंशयपूर्ण रहेको बताएका थिए । यादव पक्राउ परेपछि अभियानले सोमबार विज्ञप्ती निकालेर घटनाको भत्सर्ना गरेको छ।

अभियानकी उपाध्यक्ष साहद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘०७४ सालको आम निर्वाचनमा बाम गठबन्धन निर्माणमा दबाब मुलक भुमिका निर्वाह गरेको आरोप लागेको चिनियाँ बिस्तारवादी शक्तिको आसन्न निर्वाचनको मुखमै जम्बो टोलीसहितको भ्रमण आफैमा संशयपुर्ण रहेको भन्दै उनले चीनियाँ टोलीको नेपालमा आगमनदेखि प्रस्थानसम्मको सम्पुर्ण विवरण आम नेपाली जनतामा पारदर्शी रूपमा पुग्नुपर्ने हाम्रो माग हो । देश र जनताको पक्षमा आवाज उठाउने अध्यक्ष यादवलाई विना सर्त तत्काल रिहा गर्न हामी जोडदार माग गर्दछौं। अन्यथा राष्ट्रिय एकता अभियान सशक्त आन्दोलन गर्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार सरकार र सम्वन्धित निकाय नै हुने जानकारी समेत गराउँछौं।’

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ९ : ३५ बजे

कुलमानको स्पष्टीकरण : मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछिको सरकारमा

बालेनको चुनावी दौडाहा : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

तेह्रथुम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले तेह्रथुमस्थित

ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक