एमाले नेता रावलले भोलि आफ्नो धारणा सार्वजनिक गर्ने « Khabarhub

एमाले नेता रावलले भोलि आफ्नो धारणा सार्वजनिक गर्ने


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले नेता भीम रावलले बिहीबार पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा एमालेले उम्मेदवार नबनाए पनि रावल अहिलेसम्म मौन बस्दै आएका थिए । उनले उचित समयमा पार्टीभित्रको पछिल्लो गतिविधि र त्यसमा आफ्नो पोजिसनबारे आधिकारिक धारणा सार्वजनिक गर्ने बताउँदै आएका थिए । 

रावलले बुधबार प्रेस नोट जारी गर्दै आगामी ४ मङ्सिरमा हुने निर्वाचनमा अछाम जिल्ला कार्यसमिति, प्रदेश, जिल्ला, वडा, पालिका, निर्वाचन क्षेत्र सबैतिरबाट एकल नाम सिफारिस भए पनि केन्द्रले सिफारिस नभएका व्यक्तिलाई उम्मेदवार बनाएको विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने जनाएका हुन् । रावलले बिहीबार दिउँसो १ बजे काठमाडौंको कार्की बैंक्वटमा पत्रकार सम्मेलन आयोजना गरेका छन्। उनले आफ्नो आगामी राजनीतिक यात्राबारे पनि त्यहीँ खुलाउने बताएका छन् ।

रावलले पछिल्लो समय पार्टीले वितरण गरेको टिकटबारे असन्तुष्टि जनाउँदै आएका छन् । उनले एमालेले कमल थापालाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न दिएको, जसपा सरकार र विपक्षी दुवै गठबन्धनमा रहेकोमा आपत्ति जनाएका छन् । त्यस्तै, प्रभु साहका सम्बन्धमा एमाले नेतृत्वले लिएको नीतिको पनि उनले आलोचना गरेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ३ : १५ बजे

बाल संरक्षणसम्बन्धी नीति, तथा संयन्त्रहरू र यसले बालबालिकाको जीवनमा पारेको प्रभाव

नेपालमा बालबालिकाबारे कानुनबाटै परिभाषित मापदण्ड छ । नेपालको कानुन र

नवनिर्वाचित राष्ट्रपति फुजिमोरीद्वारा पेरुमा ‘नयाँ अध्याय’ सुरु हुने घोषणा

लिमा- पेरुकी नवनिर्वाचित राष्ट्रपति केइको फुजिमोरीले आफ्नो निर्वाचनसँगै देशमा ‘नयाँ अध्याय’

सरकारको ‘घरघरमा सरकारी सेवा’ अभियान : दुई लाखभन्दा बढी राहदानी हुलाकमार्फत पठाइयो

काठमाडौं- सरकारले नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘घरघरमा सरकारी सेवा’

सय दिनमा भूमि प्रशासन, सहकारी नियमन र प्रशासनिक सुधारमा उल्लेख्य प्रगति

काठमाडौं- सरकारले आफ्नो १०० दिनको कार्यकालमा भूमि व्यवस्थापन, सहकारी क्षेत्रको

नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घरदैलोमा पुर्‍याउन सुरू

काठमाडौं- नेपाल सरकारले सरकारी सेवा घरघर भन्ने अभियानलाई मूर्त रूप