प्रचण्डकी प्रतिस्पर्धी डा. भट्टद्वारा उम्मेदवारी फिर्ता  « Khabarhub

प्रचण्डकी प्रतिस्पर्धी डा. भट्टद्वारा उम्मेदवारी फिर्ता 


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोर्खा–२ मा प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गरेकी डा. माधवी भट्टले उम्मेदवारी फिर्ता लिएकी छिन् । २३ असोजमा उम्मेदवारी दर्ता गरेपछि उत्पन्न प्राविधिक, व्यवहारिक र परिस्थितिजन्य अवस्थाको समीक्षा गर्दै उम्मेदवारी फिर्ता लिएको उनले जनाएकी छिन् । यसै क्षेत्रबाट सत्ता गठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दिएका छन् ।  

उनले उम्मेदवारी फिर्ता लिए पनि मतदाताको आफूप्रतिको विश्वास र भरोसा टुट्न नदिने बताएकी छिन् । उनले भनेकी छिन्, ‘यहाँहरूका फोन कल र सामाजिक सञ्जालमा आएका सन्देशहरूलाई मैले जवाफ दिन सकेको छैन । म यहाँहरूलाई पक्कै पनि सम्पर्क गर्ने छु । गोरखा–२ मा कांग्रेसका पार्टी पूर्व सभापतिहरू, केही पूर्व सांसदहरू तथा अन्य विभिन्न तह र तप्कामा रहनु भएका व्यक्तिहरूबाट प्राप्त हौसलाले मलाई थप जिम्मेवार बनाएको छ ।’

उनले यस्तो सामीप्य र सहकार्य आगामी दिनमा निरन्तर अघि बढ्ने प्रतिबद्धता जनाएकी छिन् । गोरखा–२ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि उम्मेदवारी दिएका छन् । 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ४ : ४७ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको