भारतको आर्थिक वृद्धिदर ६.८ प्रतिशत हुने आइएमएफको प्रक्षेपण | Khabarhub Khabarhub

भारतको आर्थिक वृद्धिदर ६.८ प्रतिशत हुने आइएमएफको प्रक्षेपण


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सन् २०२२ मा भारतको आर्थिक वृद्धिदर ६.८ प्रतिशतमा झार्ने प्रक्षेपण गरेको छ ।आईएमएफले यस वर्ष भारतको आर्थिक वृद्धिदरको प्रक्षेपणलाई दोस्रो पटक घटाएको हो ।

जुलाईमा आईएमएफले सन् २०२२ को अप्रिलदेखि सुरु हुने आर्थिक वर्षमा भारतको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) ७.४ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको थियो । यो अनुमान यस वर्षको जनवरीमा अनुमान गरिएको ८.२ प्रतिशतभन्दा कम हो ।

आर्थिक वर्ष २०२१–२२ (अप्रिल २०२१ देखि मार्च २०२२) मा भारतको आर्थिक वृद्धि दर ८.७ प्रतिशतले बढेको छ ।

आईएमएफले मङ्गलबार सार्वजनिक गरेको वार्षिक अन्तर्राष्ट्रिय आर्थिक मूल्याङ्कन रिपोर्टमा सन् २०२२ मा भारतको आर्थिक वृद्धिदर ६.८ प्रतिशत रहने उल्लेख छ । जुलाईको पूर्वानुमानभन्दा ०.६ प्रतिशत बिन्दुले तल झरेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ८ : २५ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ