सबथोक जितेर एउटा ट्रफी जित्न नसकेका सुपरस्टार | Khabarhub Khabarhub

टी-ट्वान्टी विश्वकप क्रिकेट

सबथोक जितेर एउटा ट्रफी जित्न नसकेका सुपरस्टार

विश्व क्रिकेटमै महानताको बाटोमा नैराश्यताको भारी !


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अष्ट्रेलियामा टी–ट्वान्टी विश्वकप क्रिकेट चलिरहेको छ। नोभेम्बर ५ को दिन वर्तमान विश्व क्रिकेटका सर्वोत्कृष्ट क्रिकेटर विराट कोहलीको जन्म दिन थियो। उनलाई विश्वभरका लाखौँ क्रिकेटरले शुभकामना दिए। करोडौँ क्रिकेटप्रेमीका लागि उनी रोलमोडल हुन्।

अष्ट्रेलियामा रहेका कोहलीले विभिन्न जन्मदिन विशेष कार्यक्रममा सरिक भए। तर उनले आफ्नो जन्मदिन आफैँ मनाउन भने सकेनन्। बीसीसीआईले पनि उनको जन्मदिन विशेष मनाउन पाएन। कारण थियो, विश्वकप क्रिकेट।

भोलिपल्ट मात्रै थाहा भयो, कोहलीले टी–ट्वान्टी विश्वकप ट्रफी उचालेपछि मात्रै जन्मदिन मनाउने घोषणा गरेका रहेछन्। तर त्यो उनको सोच र घोषणा भने घोषणामै सीमित भयो। कोहली यसै विश्वकपदेखि ३४ वर्ष लागेका छन्।

तर पनि उनी क्रिकेटका तीन वटै संरचनामा उत्तिकै उत्कृष्ट छन्। त्यही अनुसार ब्याटिङ गरिरहेका छन्। अष्ट्रेलिया विश्वकपमा उनले सर्वाधिक रन बनाए। टिमका लागि र विश्पकप प्रतियोगितामा पनि। ६ इनिङमा २९६ रन बनाएका उनले चार वटा अर्धशतक बनाए।

त्यसमा दुईपटक उनी टिमका लागि सर्वाधिक रनकर्ता थिए। पाकिस्तानविरुद्धको खेल जिताएपछि उनले विश्वकप भारतलाई दिलाउन सक्छन् भन्ने ठूलो आशा र भरोसा थियो।

त्यहीअनुसार इंग्ल्याण्डविरुद्धको सेमिफाइनलमा रोहित, राहल र सुर्याकुमार यादव आउट हुँदा पनि कोहलीले भारतलाई अघि बढाउँदै अर्धशतक बनाएका थिए। पाँचौ नम्बरमा आएका हार्दिक पाण्ड्याले विष्फोटक ब्याटिङ गर्दै टिमको स्कोर १६८ रन बनाएका थिए।

तर जित्नैपर्ने खेलमा भारतका कुनै पनि बलर चलेनन्। सेमिफाइनल १० विकेटले जित्दै भारतलाई हराएर इंग्ल्याण्ड फाइनलमा पुग्यो। भारत सेमिफाइनलबाटै घर फर्किने पक्का भयो। यसले सबैभन्दा ठूलो पीडा कोहलीलाई दिएको छ।

त्यसबाहेक कप्तान रोहित शर्मा पनि दुःखी छन्। आइपीएलमा सर्वाधिक ५ पटक लिग उपाधि जितेका उनी विश्वकपमा भने फ्लप भए। प्रतियोगिताभर उनको ब्याट र सेमिफाइनलमा कुनै जादू चलेन। बरु राम्ररी बलरको पनि प्रयोग गर्न सकेनन्।

विराट विश्वकै सर्वोत्कृष्ट क्रिकेटर हुनुअघि टी–ट्वान्टीका उत्कृष्ट ब्याटर थिए। लामो समय टी–ट्वान्टी नम्बर १ ब्याटर रहेका उनी सन् २०१४ को विश्वकपपछि एकदिवसीय र टेस्ट क्रिकेटमा छाएका हुन्। यसै विश्वकपबाट कोहलीले टी–ट्वान्टीमा चार हजार रन पूरा गरेका छन्।

यो आँकडा पूरा गर्ने उनी विश्वकै एक्ला ब्याटर हुन्। उनी टी–ट्वान्टीका सर्वाधिक रनकर्तासमेत हुन्। उनले १०५० भन्दा धेरै रन बनाएका छन्। जुन रेकर्ड यसअघि श्रीलंकाका माहेला जयवद्र्धनेको नाममा थियो।

कोहलीले अहिले ७१ शतकसहित विश्वकै दोस्रो सर्वाधिक शतक बनाउने खेलाडी हुन्। १०० शतक बनाएका सचिन पहिलो नम्बरमा छन्। यो रेकर्ड कोहलीले तोड्न सक्ने सम्भावना धेरै छ।

यो विश्वकपबाट उनले सचिन तेन्दुलकरको रेकर्ड समेत भंग गरेका छन्। कोहली अब आइसीसी विश्वकपमा सर्वाधिक रनकर्ता हुन्। एकदिवसीय र टी–ट्वान्टी विश्वकपमा कोहलीले २७ सयभन्दा बढी रन बनाएका छन्। जुन सचिनको भन्दा धेरै हो।

उनले टी–ट्वान्टीमा बनाउन नसकेको शतक पनि यसै वर्ष एसिया कपमा बनाए। अफगानिस्तानविरुद्ध नटआउट १२२ रन बनाएका कोहलीले टी–ट्वान्टीसँगै तीन वटै संरचनामा शतक बनाउने खेलाडी बने। जुन सचिनभन्दा धेरै हो। सचिनले टी–ट्वान्टीमा शतक बनाउन सकेका थिएनन्।

कोहलीले अहिले ७१ शतकसहित विश्वकै दोस्रो सर्वाधिक शतक बनाउने खेलाडी हुन्। १०० शतक बनाएका सचिन पहिलो नम्बरमा छन्। यो रेकर्ड कोहलीले तोड्न सक्ने सम्भावना धेरै छ।

एक क्रिकेटरका हिसाबले कोहलीले सबथोक जितेका छन्। उनले महेन्द्रसिंह धोनीको कप्तानीमा सन् २०११ को एकदिवसीय विश्वकप र सन् २०१४ मा च्याम्पियन्स ट्रफी पनि जितेका छन्। तर आफू कप्तान हुँदा सन् २०१७ को च्याम्पियन्स ट्रफीमा पाकिस्तानसँग फाइनलमा पराजित भए।

आफैँ कप्तान हुँदा सन् २०१९ मा विश्व टेस्ट च्याम्पियनशिपको उपाधि पनि जित्न सकेनन्। जबकी त्यसअगाडि भारतलाई लगातार पाँच वर्ष विश्व नं. १ टेस्ट टिम बनाएबापत कोहलीले पाँच वटै ट्रफी आफैँसँग राखेका थिए। तर फाइनल हुँदा कोहली पराजित भए। सन् २०१९ को विश्वकपमा पनि कोहली कप्तान हुँदा न्युजिल्याण्डसँग पराजित भएका थिए।

कप्तानका रुपमा कोहली प्रतियोगिताभर राम्रो खेलेर पनि उपाधि जित्न नसक्ने कप्तान भइसकेका छन्। उनले आइपीएलमा एकपटक पनि बेंग्लोरका लागि उपाधि जित्न सकेनन्। जबकी उनले तीन पटक फाइनल खेलेका छन्।

९ वर्ष उत्कृष्ट खेलाडीका रुपमा कोहली धेरैपटक सम्मानित भइसकेका छन्। तर उपाधि जित्न नसक्दा उनका सबै सम्मान र पुरस्कार छायामा छन्।

आइसीसीले दिने सबै पुरस्कार भने कोहलीले पाइसकेका छन्। उनी विश्वकै उत्कृष्ट कप्तान, टेस्ट ब्याटर, एकदिवसीय ब्याटर तथा विश्वकै उत्कृष्ट दशक क्रिकेटरका रुपमा सम्मानित भइसकेका छन्। यो उपाधि वर्तमान विश्व क्रिकेटका कुनै पनि क्रिकेटरले पाएका छैनन्। कोहली अगाडि सचिन तेन्दुलकरले पाएका थिए।

आइसीसीले दिने सबै पुरस्कार जितिसकेका कोहली सन् २०१४ र २०१६ को टी–ट्वान्टी विश्वकपका उत्कृष्ट खेलाडी हुन्। सर्वाधिक रन र उत्कृष्ट खेलेका कारण कोहली सन् २०२२ को विश्वकपमा पनि उत्कृष्ट खेलाडी हुन सक्छन्। यसका लागि उनी आइसीसीका ९ जना खेलाडीको मनोनयनमा छन्।

विश्वक्रिकेटका सबैभन्दा चर्चित, लोकप्रिय र व्यक्तिगत खेलाडीका रुपमा सबथोक जितिसकेका कोहलीले टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी जित्न नसक्नु निकै दुःखद हो। यो दुःख जति उनीसँग छ, त्यो भन्दा बढी विश्वभर उनका क्रिकेट प्रेमीसँग छ।

आउँदो वर्ष भारतमै एकदिवसीय विश्वकप हुँदैछ। यसले कोहलीलाई अर्को विश्वकप जित्ने अवसर छ। दुई वर्षपछि फेरि टी–ट्वान्टी विश्वकप हुनेछ। यी दुईवटा विश्वकप जित्ने अवसर कोहलीलाई छ। तर एउटा सत्य के छ भने विश्वकप जित्ने एक खेलाडीले होइन, पूरा टिमको मेहनत चाहिन्छ।

टिममा कोहलीले गर्न सक्ने र गर्नुपर्ने सबै गरेपनि भारतले पछिल्ला ९ वर्षयता आइसीसीका कुनै पनि उपाधि वा ट्रफी जित्न सकेको छैन। यी ९ वर्ष उत्कृष्ट खेलाडीका रुपमा कोहली धेरैपटक सम्मानित भइसकेका छन्। तर उपाधि जित्न नसक्दा उनका सबै सम्मान र पुरस्कार छायामा छन्।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  १० : १५ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने