नुहाउने क्रममा बगेर एक वृद्धको मृत्यु « Khabarhub

नुहाउने क्रममा बगेर एक वृद्धको मृत्यु


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको व्यास नगरपालिका-३ शान्तिनगरस्थित मादी नदीमा नुहाउने क्रममा बगेर आज एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१० का ६० वर्षीय झिलकबहादुर पौडेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

दिउँसो साढे १२ बजे पौडेल मादीमा नुहाउने क्रममा बगेका थिए । स्थानीयवासीले उनको उद्धार गरी उपचारका लागि दमौली अस्पताल लगेको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । 

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  २ : ५५ बजे

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्