नुवाकोटका अधिकांश मतदानस्थल संवेदनशील « Khabarhub

नुवाकोटका अधिकांश मतदानस्थल संवेदनशील


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

विदुर– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लाका अधिकांश मतदान स्थललाई संवेदनशीलमा राखिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले ५२ मतदान स्थललाई अतिसंवेदनशील, ५७ मतदान केन्द्र र २३ मतदान केन्द्र सामान्य भनेर वर्गीकरण गरेको छ । यहाँ एक सय ३२ मतदान स्थल र दुई सय ८८ मतदान केन्द्र निर्धारण गरिएको छ । 

सुरक्षा समितिको बैठकले भौगोलिक विकटता, विगतको निर्वाचनमा भएका विवाद र निर्वाचन विरोधी गतिविधि, आपराधिक व्यक्तिको प्रयोग हुनसक्ने अवस्था, जातियता-क्षेत्रियता-साम्प्रदायिकता जस्ता आधारमा मतदानस्थलको वर्गीकरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए ।

संवेदनशीलताको आधारमा सुरक्षाकर्मी परिचालन र केही समस्या आएमा तत्काल पुग्नका लागि टोली परिचालन गर्न सहज बनाउन मतदान स्थलको वर्गीकरण गरिएको सहायक प्रजिअ अर्यालको भनाइ छ । ककनी र बेलकोटगढी नगरपालिका तथा किस्पाङ, पञ्चकन्या, तारकेश्वर, म्यागङ र शिवपुरी गाउँपालिकाभित्रका सबै मतदानस्थललाई अतिसंवेदनशील तथा संवेदनशीलमा राखिएको छ ।

विदुरमा एक अतिसंवेदनशील, दश संवेदनशील, १५ सामान्य, ककनीमा सात अतिसंवेदनशील, चार संवेदनशील, बेलकोटगढीमा १२ अति संवेदनशील, चार संवेदनशील, तारकेश्वरमा दुई अतिसंवेदनशील, छ संवेदनशील, म्यागङमा दुई अति संवेदनशील, पाँच संवेदनशील र किस्पाङमा तीन अतिसंवेदनशील तथा तीन संवेदनशील मतदान स्थल रहेका छ । 

यस्तै दुप्चेश्वरमा १० अतिसंवेदनशील, तीन संवेदनशील र तीन अतिसंवेदनशील, पञ्चकन्यामा दुई अतिसंवेदनशील र चार संवेदनशील, शिवपुरीमा पाँच अतिसंवेदनशील र छ संवेदनशील, तादीमा एक संवेदनशील, पाँच संवेदनशील र एक सामान्य, सूर्यगढीमा चार अतिसंवेदनशील, चार संवेदनशील र दुई सामान्य तथा लिखुमा एक अति संवेदनशील, तीन संवेदनशील र तीन सामान्य मतदानस्थल रहेका छन् । 

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ६ : ३५ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी